विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीस्थित बाढीले क्षतिग्रस्त ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको निर्माण जारी राखिएको छ । आयोजनाको बाँध मुख्य सुरुङ र विद्युतगृहमा काम भइरहेको हो । 

बर्खामा खोलामा पानीको बहाव बढी हुने हुँदा बाँध क्षेत्रका संरचनाको काम भने अघि बढाउन नसकिएको प्रवद्र्धक सुपर मादी हाइड्रो पावर कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । उनका अनुसार विद्युतगृहमा पनि काम थालिएको छ ।

‘बाँधको काम अहिले पनि सुरु हुन सकेको छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘सुरुङमा बिनाअवरोध नियमित काम भइरहेको छ । विद्युतगृहमा पनि सुरु गरेका छौं ।’ उनले बाँधको काम बर्खापछि मात्रै सुचारु हुने बताए ।

गत असार १ गते मादी खोलामा आएके बाढीले आयोजनाको संरचनामा ठूलो क्षति गरेको थियो । बाढीले संरचना नै भत्काएपछि विद्युत उत्पादन तालिका बढीमा ६ महिनादेखि १ वर्ष धकेलिने पनि ढुंगानाले बताए ।

बाढीले आयोजनाका निर्माण उपकरण तथा सामाग्री सबै बगाएको थियो । संरचनामा पुगेको क्षति तथा बाढीमा उपकरण बढ्दा १ अर्ब रुपैयाँ बढीको नोक्सानी प्रवद्र्धक कम्पनीले बेहोर्नुपरेको थियो । बाढीको क्षतिको केही वीमा दाबीबाट परिपूर्ति भएको कमपनीले जनाएको छ । सबै क्षतिको परिपूर्ति भने बीमाले नगरेको उनले बताए ।

यसअघि आयोजनाबाट आगामी चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । आयोजनाको ८० प्रतिशत निर्माण पूरा भइसकेपछि बाढीले क्षति पुर्याउँदा निर्माण अवधि लम्बिएको छ ।

बाढीले २५ करोड रुपैयाँ बराबरका निर्माण उपकरण बगाएको थियो । १७ करोड रुपैयाँ बढीको निर्माण सामाग्री पनि बाढीमा बगेको थियो ।
बाढीले आयोजनाको बाँध क्षेत्रका संरचनामा पनि ठूलो क्षति गरेको छ ।

बाँध क्षेत्रमा बोडर लाइनिङ, कफर ड्याम, भर्खरै कंक्रिटिङ गरेको संरचना भत्काएको छ । बाढीले क्षति पुर्याउँदा आयोजनाको निर्माण लागत पनि बढ्ने देखिएको छ । संरचनाको पुनर्निर्माण गर्नु परेकाले तथा निर्माण अवधि लम्बिएकाले बढ्ने बैंकको ब्याजका कारण लागत बढ्ने देखिएको हो । साथै, निर्माणमा हुने ढिलाइले विद्युत उत्पादन धकेलिँदा विद्युत बिक्रीबाट आम्दानी गर्न नपाउँदा समेत आर्थिक नोक्सानी हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit