विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको साढे ४ किलोमिटर सुरुङ खनेर सकिएको छ । आयोजनाको ५.१ किलोमिटर लामो मुख्य सुरुङमध्ये ४.५५२ किलोमिटर पूरा भएको हो ।

आयोजनाको बाँकी सुरुङ आगामी असारभित्र खनिसक्ने लक्ष्य रहेको प्रवर्द्धक पिपुल्स हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । ‘अब ४४९ मिटर सुरुङ मात्रै खन्न बाँकी छ,’ उनले ऊर्जा खबरसँग भने, ‘३ महिनामा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

उनले भर्खरै आयोजनाको पेनस्टक साफ्ट सुरुङ पूरा भएको बताए । ४ सय ३६ मिटर लामो तथा २.६ मिटर गोलाकार भएको पेनस्टक साफ्ट सुरुङ गत मंगलबार छेडिएकाे हो ।

अहिलेसम्म आयोजनाको सिभिलतर्फ ७५ प्रतिशत निर्माण पूरा भइसकेको पनि रायमाझीले जानकारी दिए । बाँध क्षेत्रका संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । बाँध क्षेत्रको काम बैशाखभित्र सम्पन्न हुने उनले बताए ।

विद्युतगृहमा पनि सिभिल संरचना निर्माणको काम सकिन लागेको छ । सिभिल संरचना तयार भएपछि साउनदेखि इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य सुरु गरिने भएको छ ।

पछिल्लो तालिकाअनुसार आयोजनाबाट २०७८ फागुनदेखि विद्युत उत्पादन सुरु हुनेछ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको किर्तीपूर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहनेछ ।

आयोजनाबाट २०७६ फागुनदेखि विद्युत उत्पादन गर्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड–१९ महामारीको असरले निर्माण प्रभावित हुँदा धकेलिँदै गएको हो । कोभिड–१९ को नियन्त्रण गर्न गरिएको लकडाउन र निशेधाज्ञाका कारण निर्माण सामाग्री आयात गर्न नसक्दा तथा कामदार अभावले आयोजनाको निर्माण ६ महिनासम्म सुस्त बनेको थियो । अवस्था सहज हुँदै गएपछि मात्रै फेरि निर्माणलाई गति दिन सकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको रायमाझीले बताए । विद्युत उत्पादन अवधि लम्बिँदा तथा विदेशी विनिमयदरमा भएको वृद्धिले लागत बढ्न गएको उनले बताए ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । २ अर्ब ४९ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीे छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ । सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुर्याइएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit