विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साढे ७ मेगाावटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड ३३ केभीमा सञ्चालन गरेपछि माथिल्लो खोरुङ्गा खोलाले जडित क्षमताअनुसार विद्युत उत्पादन सुरु गरेको हो ।

प्रसारण लाइनको समस्याले मध्य बर्खामा साढे २ मेगावाट मात्रै विद्युत उत्पादन हुने गरेको थियो । जलविद्युत केन्द्रको उत्पादन बुधबारदेखि कोसी कोरिडोर प्रसारण लाइनमा जोडिएको प्रवर्द्धक तेह्रथुम पावर कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए ।

‘प्रसारण लाइनको क्षमताले नधान्दा हरेक वर्ष बर्खामा विद्युत खेर फाल्नु पर्ने बाध्यता थियो,’ उनले भने, ‘आजदेखि यो बाध्यता पनि टरेको छ । अब जडित क्षमताअनुसार नै विद्युत उत्पादन गर्न सकिने हुँदा कम्पनीको आम्दानी पनि बढ्दै जानेछ ।’ उनले निर्माण पूरा भएपछि गत वर्ष र यो वर्षको बर्खामा विद्युत खेर गएको बताए ।

वर्षा सुरु भई खोलामा पानीको सहत बढेर उत्पादन पनि बढ्न थालेपछि सबै विद्युत प्रसारण प्रणालीमा नजोडिने समस्या थियो । प्राधिकरणले दिने निर्देशनअनुसार नै जलविद्युतगृह साढे २ मेगावाटमा चलाउँदा ५ मेगावाट विद्युत खेर जाने गरेको थियो । 

माथिल्लो खोरुङ्गा खोलाको जस्तै समस्या भोगिरहेका भोजपुर र संखुवासभामा सञ्चालित जलविद्युत केन्द्रहरूले पनि यस्तै समस्या भोग्दै आएका थिए । कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा लाइन ३३ केभीमा ट्यापिङ गरी सञ्चालनमा आइसकेपछि यी जिल्लामा सञ्चालित जलविद्युतगृहले भोग्दै आएको समस्या पनि समाधान भएको छ ।

सञ्चालनमा रहेको ३३ केभी दुहबी–धरान–धनकुटा–तेह्रथुम–संखुवासभा–भोजपुर प्रसारण लाइनले यस क्षेत्रमा उत्पादन हुने ३३ मेगावाट विद्युत सबै बोक्न नसक्दा विद्युत खेर जाने समस्या थियो । प्रसारण लाइनको क्षमता ११ मेगावाट मात्रै बोक्ने हुँदा बाँकी २२ मेगावाट विद्युत बर्खामा खेर गइरहेको थियो ।

प्राधिकरणले तेह्रथुम, धनकुटा र भोजपुरमा सञ्चालित जलविद्युत केन्द्रको खेर गइरहेको विद्युत प्रणालीमा ल्याउनकै लागि इनरुवा सबस्टेसन तयार नहुँदै कोसी कोरिडोर प्रसारण लाइन ३३ केभी ट्यापिङ गरेर चार्ज गरेको हो । इनरुवा सबस्टेसन बनिसकेपछि भने २२० केभीमा नै चार्ज गरिनेछ । कोसी कोरिडोर प्रसारण लाइनले यस क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको २ हजार मेगावाट विद्युत बोक्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit