images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
देशबासीका नाममा प्रधानमन्त्रीकाे सम्बाेधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत्काे आन्तरिक खपत ऊर्जामा देशलाई आत्मनिर्भर बनाउने दिशामा सरकार अघि बढेको बताएका छन् । आफू नेतृत्वको सरकारको कार्यकाल १ वर्ष पूरा भएको अवसरमा मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशभित्र उद्योग कलकारखाना, भन्सा (चुलो), यातयात जस्ता क्षेत्रमा बिजुलीको खपत बढाउँदै देश देश ऊर्जामा आत्मनिर्भरताको बाटोतर्फ उन्मुख रहेको बताएका हुन् । 

आफू दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घण्टासम्म लोडसेडिङलाई नियति मानिएको उल्लेख गर्दै उनले आज लगभग सिङ्गो देशमा विद्युतको पहुँच पुगेको बताए ।

‘वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ,’ उनले भने, ‘विगत एक वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ ।’

१९६८ सालमा फर्पिङ जलविद्युत केन्द्रबाट ५०० किलोवाट विद्युत् उत्पादन गरी सुरु भएको नेपालको विद्युतीकरण यात्रामा त्यसपछिका १०४ वर्षमा जम्मा ८०० मेगावाटमात्र उत्पादन क्षमता पुगेको स्मरण गर्दै उनले तर विगत ७ वर्षभित्र नेपालको विद्युत् उत्पादन क्षमता बढेर २ हजार ८९२ मेगावाट पुगेको उनले बताए ।

करिब ५४१ मेगावाट विद्युत यही एक वर्ष अर्थात् आफ्नै कार्यकालमा थप भएको दाबी गर्दै उनले विगतका हिसाबले यो एक वर्ष करिब ८० वर्ष बराबर भएको समेत जिकिर गरे ।

यसै वर्ष आफ्नो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको उनले स्मरण गरे ।

‘यो नेपालको समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति भएको छ,’ उनले भने, ‘भारतसँग मात्रै नभएर बंगलादेशसँग पनि विद्युत् व्यापारको एकदमै नजिक पुगेको छ । र, नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन लागेको छ ।’

चीन भ्रमणको क्रममा नेपाल चीन जोड्ने चिलिमे–केरुङ २२० केभी प्रसारणलाइन अगाडि बढाउने सहमति भएको उल्लेख भन्दै गर्दै प्रधानमन्त्री दाहालले यो प्रसारणलाइन बन्ने वित्तिकै चीनसँग पनि विद्युत् व्यापारको ढोका खुल्ने बताए । देशले ५ खर्बको बिजुली निर्यात गर्दै गर्न सके ५ खर्बको व्यापार घाटा पनि घट्ने समेत उनले बताए ।

यस्ताे छ पूर्णपाठ

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit