विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलु कोरिडोरका जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने ९० किलोमिटर डबल सर्किट प्रसारण लाइन तयार भएको छ । विभिन्न बाधा र अवरोधलाई पार गर्दै १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको निर्माण पूरा भएको हो ।

प्रसारण लाइनको रुट पर्ने उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित अन्तिम टावर निर्माण गर्ने र तार तान्ने काम शनिबार सम्पन्न भएको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिन्लाासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनको रुटमा ३०२ वटा टावर निर्माण गरिएको छ ।

प्रसारण लाइनको रुट सार्न माग गर्दे मरुवाका स्थानीयले दुई वर्षसम्म गरेको अवरोध हटाएर १० वटा टावर निर्माण गरेर  तान तानेपछि प्रसारण लाइन तयार भएको आयोजना प्रमुख  जनार्दन गौतमले बताए । ‘स्थानीय अवरोध, कोरोनो महामारी लगायत कारणले निर्माणमा गएको ५ वर्षपछि प्रसारण लाइन पूरा गर्न सफल भएका छौं,’ उनले भने,‘बाँकी रुटको काम पहिले नै सम्पन्न भइसकेकाले अब सबै जाँच गरेर सञ्चालनमा ल्याउन १ महिनाको समय लाग्छ सक्छ ।’

प्रसारण लाइनको मुख्य काम संरचना निर्माण गर्नु भएकाले त्यो सम्पन्न भइसकेकाले अब सञ्चालनमा ल्याउन ढिलाइ नहुने पनि उनले बताए । नेपाल विद्युत प्राधिकरणले यो प्रसारण लाइनमा विद्युत प्रवाह हुने गरी ३२५ मेगावाटका १२ जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । 

विभिन्न समस्या झेल्दै रुग्ण अवस्थामा पुगेको प्रसारण लाइन निर्माण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘प्रसारण लाइनको काम स्थानीय अवरोधकै कारण लामो समय प्रभावित हुन पुग्यो । सर्वोच्च अदालतको आदेशले पनि ३ महिना जति काम हुन पाएको थिएन,’ उनले भने, ‘यो परिस्थितीमा पनि प्राधिकरण र आयोजनाका कर्मचारीको नियन्तरको प्रयासले आज प्रसारण लाइन तयार भएको छ ।’

उनले प्रसारण लाइन सञ्चालनमा आउन लागेकाले सोलु कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाहमा कुनै समस्या नहुने बताए । त्यस क्षेत्रको विद्युत आपूर्तिको गुणस्तरमा पनि सुधार भई चुहावट घट्ने उनले बताए ।

प्रसारण लाइन आयोजना अन्तर्गत सोलुखुम्बुको तिन्लामा १३२/३३ र ३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । अहिले त्यस क्षेत्रमा सिराहाको लाहानबाट गएको प्रसारण लाइनमार्फत विद्युत वितरण हुँदै आएकोमा अब सोलु खोलामा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत तिन्ला सबस्टेसनमार्फत स्थानीय क्षेत्रमा पनि वितरण गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सोलुखुम्बु र आसपासका क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको  विद्युत  सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहने विद्युत राष्ट्रिय  ग्रीडमा  जोड्न सोलु कोरिडोर प्रसारण लाइनको निर्माण गरिएको हो । 

प्रसारण लाइन सञ्चालनमा आउना साथ २३.५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत प्रवाह हुनेछ । २०७६ चैतदेखि सञ्चालनमा आएको यो आयोजना प्रसारण लाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन् ।

हिउँदमा समस्या नभए पनि बर्खामा १७ मेगावाट विद्युत खेर गइरहेको थियो । यही प्रसारण लाइनमा प्रवाह हुने गरी निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलू दूधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । 

सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit