विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रले पाल्पाकाे निस्दी-मित्यालमा २५ किलाेवाटकाे साैर्य/वायु आयाेजना निर्माण गरेकाे छ । एसियाली विकास बैंक (एडिबी) काे अनुदान तथा केन्द्रकाे प्राविधक सहयाेगमा उक्त आयाेजना निर्माण भएकाे हाे ।

दिउँसाे साेलार र राती हावाबाट विद्युत उत्पादन हुने प्रविधि अनुसार साेलार तथा हावाबाट क्रमशः १० किलाेवाट र हावाबाट १५ किलाेवाट विद्युत उत्पादन भइरहेकाे छ । उत्पादित विद्युतबाट करिब १ सय ४७ घरधुरी र ८ वटा अफिसमा सेवा प्रवाह भइरहेकाे निस्दी गाउँपालिका प्रमुख मुक्तबहादुर सारुले बताए । उनका अनुसार केन्द्रको १ करोड ८० लाख र गाउँपालिकाको ४२ लाख १३ हजार ८ सय रुपैयाँको लागतमा आयोजना पूरा भएकाे छ ।

‘करिब साढे दुई वर्ष अघिदेखि सुरु भएको आयोजना सम्पन्न भएर घरघरमा विद्युत सेवा पुर्याइएको हाे,’ उनले भने, ‘मित्यालको रुक्से भञ्ज्याङ डाँडामा प्लान्ट राखिएकाे छ ।’ यसअघि निस्दी गाउँपालिकामा हावाबाट १२ वाटको विद्युत उत्पादन गरी २ वटा अफिसमा सञ्चालनमा ल्याइएकाे थियाे । थप विद्युतिकरणका लागि हाइब्रिड आयाेजना निर्माण भएकाे र यसबाट स्थानीबासी खुसी देखिएकाे सारुले बताए ।

गाउँमा विद्युत उत्पादन सुरु भएपछि घर, बाटो र चोकमा  राती पनि बत्ती झलमल बलेको छ । विद्युतिकरणबाट गाउँमा फोन तथा टेलिभिजन सुविधा उपलब्ध भइरहेकाे छ । एक वर्ष अगावै सक्ने लक्ष्यसहित थालिए पनि आवश्यक सामग्री आयात गर्न ढिलाई भएपछि विद्युत उत्पादन अवधि लम्बिएको हो । विद्युत निकाल्न आवश्यक संरचना बनाउने ठेक्का विराटनगरको कृष्ण ग्रिल एण्ड इन्जिनियरीङले पाएकाे थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit