विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी (बेनी) । म्याग्दीको बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल ‘लभ्ली हिल (रमाइलो डाँडा)’ मा हावाबाट ५ सय वाट विद्युत् निकाल्न काम भइरहेकाे छ । स्थानीय प्राविधिक दुर्गा श्रेष्ठ आफ्नै पहलमा उक्त क्षमताबरारबको विद्युत् उत्पादनमा जुटेका हुन् ।

सो पर्यटकीयस्थलमा केही होटेलहरू पनि रहेको र तिनीहरूलाई राहात पुगोस् भनेर आफूले काम गरिरहेको श्रेष्ठले मंगलबार ऊर्जा खबरलाई बताए । ‘अहिले त्यहाँ करिब १ वाट क्षमताको काम भइसकेको छ, जसबाट ४ वटा बल्ब बाल्न सकिन्छ,’ उनले भने, ‘४ वटा बल्ब राखेको ३ वटा हावाले उडायो कि कसैले चोर्यो । अहिले एउटा मात्र बलिरहेको छ ।’

आफूले करिब ३–४ महिना लगाएर उक्त डाँडामा बिजुली बाल्न सकेको श्रेष्ठले बताए । उनका अनुसार आफ्नै खर्च, स्थानीयस्तरमै उपलब्ध सामग्री प्रयोग गरेर सय वाट विद्युत् उत्पादन गरिएको छ । यिनै सामानको उपयोगबाट ५ सय वाटको आयोजना बनाउन लागेको उनले जानकारी दिए ।

श्रेष्ठको बेनी बजारमा म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्र नामको आफ्नै प्राविधिक वर्कसप छ । सोही वर्कसपमा रहेका सामान टिन (जस्ता पाता), फलाम, डायनामो, चुम्बक (म्याग्नेट), ब्याट्रीको उपयोग गरी बिजुली बाल्न सफल भएका छन् ।

अब बनाउन लागेको ५ सय वाटको वायु आयोजनाबाट करिब २० वटा बल्ब बाल्न सकिन्छ । तर, ब्याट्री कति क्षमताको राखिन्छ, त्यसमा भर पर्ने श्रेष्ठले बताए । मध्यमस्तरको ब्याट्री राख्दा १० वटासम्म बल्ब बाल्न सकिने पनि उनको भनाइ छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनको राम्रो सम्भावना रहेकोले पनि रमाइलो डाँडामा आफ्नै खर्चमा बिजुली निकाल्न लागेको उनले बताए । सय वाट उत्पादन गर्न उनले आफैंले करिब १ लाख रुपैयाँ खर्च गरेको जनाएका छन् ।

२०४८ सालदेखि ऊर्जा क्षेत्रमा लागेका श्रेष्ठले जिल्लामा आफ्नै ज्ञान, सीप र अनुभवका आधारमा ५ सय किलोवाटसम्मका लघुजलविद्युत् आयोजना निर्माण गरेको बताएका छन् । उनी वैकल्पिक ऊर्जा क्षेत्रमा क्रियाशील उनी काम र अरूको परियोजनामा काम गर्नकै लागि चितवन, मकवानपुर, पर्वत, बागलुङ लगायत जिल्लामा पुगेका छन् ।

आफ्नो साढे २ दशकको अनुभवबाट जिल्लामा केही नयाँ काम गर्ने योजनामा रहेको पनि उनले बताए । रमाइलो डाँडालाई आन्तरिक पर्यटकहरूको उचित गन्तव्यस्थल बनाउन आफूले सक्दो प्रयास गर्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit