विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको विद्युत मन्त्रालयले पावर सिस्टम अपरेसन कर्पोरेशन लिमिटेड (पिओएसओसिओ) लाई नवीकरणीय ऊर्जा अन्तर्गत हरित ऊर्जा विकासका लागि एकल सेवा केन्द्रको रूपमा केन्द्रीय नोडल एजेन्सी नियुक्त गरेको छ ।

यसले विद्युत नियमन, २०२२ अनुसार हरित ऊर्जा विकासमा खुला पहुँच विस्तार गर्नेछ । यस नियमन अनुसार नोडल एजेन्सीले हरित ऊर्जा विकास गर्न चाहनेहरूका लागि १५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गर्नेछ ।

यसैगरी, जेएसडब्लू इनर्जी लिमिटेडको सहायक कम्पनी जेएसडब्लू न्यू इनर्जी लिमिटेडले ३०० मेगावाट बराबरको वायु ऊर्जा विकास गर्न सोलार इनर्जी कर्पोरेशन अफ इन्डिया लिमिटेडबाट स्वीकृतपत्र (एलओए) पाएको छ ।

सरकारी बोलपत्रबाट छनोट भएको उक्त कम्पनीले विकास गर्ने उक्त वायु ऊर्जाले भारतको नवीकरणीय ऊर्जाको हिस्सामा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । कम्पनीले अहिले २ गिगावाटका वायु ऊर्जा आयोजना निर्माण गरिरहेको छ, यसमध्ये १.२६ गिगावाट छिट्टै उत्पादन हुने अपेक्षा गरिएको छ ।

यसैक्रममा, टाटा पावरको सहायक कम्पनी टिपी सौर्य लिमिटेडले पनि ६०० मेगावाटको सोलार–वायु हाइब्रिड विद्युत आयोजना विकास गर्न सरकारबाट स्वीकृति (एलओए) पाएको छ । विद्युत खरिद सम्झौता (पिपिए) भएको मितिबाट सुरु गरेर २४ महिनाभित्र यो आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य लिएको छ ।

उक्त आयोजनासँगै अब टाटा पावरसँग ५५२४ मेगावाट जडित विद्युत क्षमता हुनेछ, यस क्षमता बराबरका आयोजना कार्यान्वयनको विभिन्न चरणमा रहेको जनाइएको छ ।

विभिन्न भारतीय समाचार स्राेतका आधारमा तयार गरिएकाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit