विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
काठमाडौं– मनकामना केवलकारमा ३ डब्बा थपिएका छन् । मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको चाप बढेपछि डब्बा थप गरिएको हो ।

काठमाडौं– मनकामना केवलकारमा ३ डब्बा थपिएका छन् । मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको चाप बढेपछि डब्बा थप गरिएको हो ।

अब केवलकारमा डब्बाको संख्या बढेर ३४ पुगेको मनकामना केवलकार प्रालिका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए । उनका अनुसार अब औसत दैनिक एक हजार दर्शनार्थीले मनकामनाको दर्शन गर्न पाउने छन् ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री रविन्द्र अधिकारीले थपिएका नयाँ डब्बाको उद्घाटन गरेपछि सञ्चालन गरिएको छ । सेवा विस्तार भएसँगै अब वार्षिक करिब १५ लाख दर्शनार्थीले सजिलै ५ सय वर्ष लामो इतिहास बोकेको हिन्दु धर्मावलम्बीको आस्थाकी देवी मनकामनाको दर्शन गर्न पाउने छन् ।

२०५५को मंसिर ८ गतेबाट सञ्चालनमा आएको केवलकार चढेर अहिलेसम्म १ करोड ३८ लाख १२ हजार ४ सय ६८ जना यात्रुले मन्दिर दर्शन गरेका छन् । पछिल्लो समय केवलकारबाट मनकामना दर्शन गर्न आउने भारतीय पर्यटकको संख्यापनि बढेको छ ।

गत आर्थिक वर्षको तथ्याङ्क अनुसार केवलकार चढ्ने भारतीय पर्यटकको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit