विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सुपर माई हाइड्रो पावर लिमिटेडले माघ २३ गते देखि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको जारी पुँजी ५० करोडको १० प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ५ लाख कित्ता सेयर मध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि र ५ प्रतिशत हुन आउने अर्थात २५ हजार कित्ता सेयर सामुहिक लगानी कोषका तथा २ प्रतिशत हुन आउने अर्थात १० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले जनाएको छ। सर्वसाधारणले न्यूनत्तम १० कित्ता देखि २० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३