images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामी बिक्री गर्ने भएको छ । दाेलखामा ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी जलविद्युत आयाेजना सञ्चालन गरिरहेकाे कम्पनीले यसअघि बिक्री गरेको हकप्रद सेयरमा माग बमोजिमको सेयर बिक्री नभएपछि अवितरित सेयर लिलामीबाट विक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । सोहीअनुसार सर्वसाधारणतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामीबाट निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक नागरिक लगानी कोष, सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंक शाखा कार्यालयमा आवेदन दिन सकिने छ ।

प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य नघट्ने गरी आवेदन बुझाउनुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । न्यूनतम १०० कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ । बिक्री प्रवन्धकका अनुसार मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ ।

कम्पनीको दोलखामा ४५६ मेगावाटमो माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा छ । बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँमा टुंगो लागेको कम्पनीले जानकारी दिएको छ । यसको आधारमा माथिल्लो तामाकोसी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको छ । कम्पनीका अनुसार कूल लागतमध्ये ५२ अर्ब रुपैयाँ खूद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धि लगायत खर्च निस्केको छ ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit