विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं- दाङको घोराही र कैलालीको धनगढीमा ४० करोड लागतका ठूला वायो ग्यास प्लान्ट निर्माण गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान सहयोगमा प्लान्ट निर्माण हुन लागेका हुन् ।

स्थानीय होटल तथा घरमा ग्यास बिक्री वितरण गर्ने उद्देश्यले दुई जिल्लामा प्लान्ट निर्माण गर्ने सम्झौता भएको केन्द्रका कार्यक्रम व्यवस्थापक लवकुमार थापाले बताए । उनका अनुसार घोराहीमा २ हजार र धनगढीमा १८ सय ९२ घनमिटरको प्लान्ट निर्माण गर्न लागिएको हो ।

‘स्थानीय नगरपालिकाले उत्पादन गर्ने फोहोरको उपयोग वायो ग्यास उत्पादन गर्ने गरीको सम्झौता भएको छ, ’ उनले ऊर्जा खबरसँग भने, ‘चालु वर्षभित्र निर्माण सम्पन्न गरेर ग्यास उत्पादन सुरु हुन्छ । उनले घोराहीमा २० करोड लागतको प्लान्ट निर्माण गर्न केन्द्रले ८ करोड रुपैयाँ अनुदान सहयोग गर्ने बताए । बाँकी लगानी व्यावसायीले जुटाउनु पर्छ ।

यस्तै, धनगढीमा १८ सय ९२ घनमिटरको वायो ग्यास प्लान्ट निर्माण गर्न २० करोड ८४ लाख रुपैयाँ खर्च हुने अनुमान छ । यो प्लान्ट निर्माणका लागि केन्द्रले ८ करोड ३३ लाख रुपैयाँ अनुदान दिन लागेको पनि थापाले बताए ।

दुवै जिल्लामा निर्माण हुने यी ठूला प्लान्टले उत्पादन गर्ने वायो ग्यास सिलिन्डरमा भरेर स्थानीय होटल तथा घरमा बिक्री वितरण गरिनेछ । यी प्लान्टले दैनिक ४ सय सिलिन्डर ग्यास उत्पादन गर्ने केन्द्रले जनाएको छ ।

प्लान्ट सञ्चालन गर्न दैनिकरूपमा ३० टनभन्दा बढी फोहोर आवश्यक पर्नेछ । ग्यास उत्पादनपछि दैनिक १५ टनको हाराहारीमा मल पनि प्लान्टले निकासा गर्नेछ ।

केन्द्रको कार्यक्रम अन्तर्गत अहिले देशभर करिब डेढ सय ठूला वायो ग्यास प्लान्ट निर्माणाधीन छन् । २०७० सालबाट सुरु भएको कार्यक्रम आगामी पुसमा सम्पन्न हुँदैछ । ग्यासमाथिको परनिर्भरता कम गरी आयात घटाउने तथा कार्वन उत्सर्जन कम गरी वातावरण जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit