विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०.४ मेगावाटको दुई सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले ग्रिडमा आवद्व ६.५ र ३.९ मेगावाटको सौर्य आयोजना निर्माण गर्न लागेको हो ।

नुवाकोट जिल्लाको बिदुर गाउँपालिकामा पहिचान भएको सौर्य आयोजना अघि बढाउन लागेको प्राधिकरणले जनाएको छ । अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ । विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय\सुझाव मागेको छ ।

विभागले सूचना जारी भएको  मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ । विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी सरोकारवालाले आफ्नो राय/सुझाव पठाउन सक्ने विभागले जनाएको छ ।

६.५ मेगावाट क्षमताको सौर्य विद्युत आयोजना ब्लक ५ को मुख्य संरचना नगरपालिकाको वडा नम्बर १२ स्थित करिब १५.६७ बिगाहा जग्गामा निर्माण हुनेछ । यो आयोजनाबाट वार्षिक ११५०७.१४ मेगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

यस्तै, ३.९ मेगावाटको आयोजना नगरपालिकाको वडा नम्बर ६ को  ७.४२ बिगाहा जग्गामा निर्माण हुनेछ । यो आयोजना पूरा भएपछि ६०९२.६२ मेगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

दुवै आयोजना निर्माण पुरा भएपछि उत्पादन हुने विद्युत ३३ केभी प्रसारण लाइन मार्फत देवीघाट सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit