विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जलनरल कन्स्ट्रक्सन कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

जारी पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ  मध्ये १० प्रतिशतले हुन आउने  ६ लाख १२ हजार ७ सय ९३ रुपैयाँ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रुकुमको सिस्नेमा निर्माणाधीन ५ मेगावाटको रुकुमगड जलविद्युत आयोजनाले पूर्वी जिल्ला र पश्चिम जिल्लाका स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागिएकाे हो । 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

स्थानीयले छिटोमा असार ७ गते र ढिलोमा असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजनाको काम अन्तिम चरण्मा छ । आयोजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा प्राइमको अगुवाईमा सेन्चुरी र कुमारी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी स्वपुँजी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit