विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेदेखि पहिलो चरणको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको २९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

जारी पूँजी २ अर्ब ९० करोड मध्येको २५ प्रतिशत हुन आउने अर्थात ७२ करोड ५० लाख कित्ता साधारण सेयरमध्येको १० प्रतिशत अर्थात २९ करोड रकम बराबरको सय रुपैयाँ अंकित २९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित पर्वत जिल्ला अन्तर्गत दुर्लुङग् गाविस हाल कुश्मा नगरपालिका ३, बाजुङ्ग गाविस हाल मोदी गाउँपालिका ५, देवापुर गाविस हाल मोदी नगरपालिका २, तिलहर गाविस हाल मोदी गाउँपालिका ६ र चुवा गाविस हाल कुश्मा नगरपालिका ८ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिनेछ । 

यसैगरी, बाँकी १५ प्रतिशत हुन आउने अर्थात ४३ करोड ५० लाख रकम बराबरको सय रुपैयाँ अंकित ४३ हजार ५० कित्ता सेयर मध्येको २० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि, ५ प्रतिशत हुन आउने अर्थात २ लाख १७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याएको र २ प्रतिशत हुन आउने अर्थात ८७ हजार कित्ता सेयर कम्पनीका कर्मचारकिा लागि छुट्याएको छ । बाँकी, ३६ लाख १० हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा चैत ९ गतेसम्म र ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजागारीमा गएका नेपाली नागरिकले चैत ९ गतेसम्म मात्रा आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको पार्वतमा २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजना सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३