विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन ११, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । उच्च खपत हुने समय (पिक आवर) मा नेपालकाे कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली सुदृढ बन्दै जाँदा नेपालले उक्त माग आन्तरिक उत्पादनबाटै पूरा गरिरहेकाे छ ।

हाल भारतबाट बिजुली आयात शून्य भएकाे नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल भारत र बङ्गलादेशमा गरी कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात भइरहेको छ ।

राष्ट्रिय विद्युत् प्रणालीमा निजी ऊर्जा उद्यमीले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन् । यस्तै, प्राधिकरणका सहायक कम्पनीले १७ हजार १०८ मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन् । प्राधिकरणका आफ्नै आयोजनाबाट कुल ८ हजार ९५९ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध भएको छ ।

कुल राष्ट्रिय माग ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहँदा साँझको समयमा कुल माग ३ हजार २४८ मेगावाट बराबर रहेको छ । वर्षाका कारण देशभर कुनै पनि स्थानमा अवरोध नरहेको प्राधिकरणले जनाएको छ ।

कुनै स्थानमा अवरोध उत्पन्न हुनासाथ मर्मतसम्भारका लागि सातवटा प्रदेश कार्यालय र काठमाडौँमा प्राविधिकसहितको टोली तयारी अवस्थामा राखिएको समेत प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३