विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
हरित हाइड्रोजन समिट

काठमाडौं । नेपालमा हरित हाइड्रोजन प्रवर्द्धन गर्न असोज २४ र २५ गते हुने ‘हरित हाइड्रोजन सम्मेलन’ मा हरित हाइड्रोजन उत्पादन र जलवायु परिवर्तनको असर न्यूनिकरण र यसको प्रयोगबारे बहस हुने भएको छ । ताहाचलस्थित होटल सोल्टीमा ‘नेपाल हरित हाइड्रोजन सम्मेलनः पग्लिदै गरेका हिमालहरूका लागि एन्टीडोट’ नारा सहित हुने सम्मेलनमा यी विषयमा बहस हुने भएको हो ।

एमआईटी ग्रुप फाउण्डेसन र ग्लोबल एनआरएन फाउण्डेसनको संयुक्त आयोजना तथा नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको सहकार्यमा आयोजना गर्न लागेको सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनिकरण तथा आर्थिक वृद्धि हासिल गर्न स्वच्छ ऊर्जा र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने लगायत विषयमा बहस हुनेछ । हरित हाइड्रोजनको उत्पादन, भन्डारण तथा वितरण क्षमताको अध्ययनमा सम्मेलनले टेवा पुर्याउने लक्ष्य लिइएको छ ।

नेपालमा पर्यावरणीय दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ । सम्मेलनले जलविद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ । यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण  तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पुर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रूपमा छलफल भईरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी नेपालले पर्यावरणीय समस्याहरूको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा उर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, अर्थ मन्त्री जनार्दन शर्मा, गैर आवासिय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षसमेत रहेका एमआइटी समूहका संस्थापक शेष घले, काठमाडाैं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भाेला थापा, विश्वविद्यालयकै हाइड्राेजन इनिसियटिभका कार्यक्रम प्रमुख डा. विराजसिंह थापा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत व्यक्तिहरू मुख्य वक्ताकाे रूपमा रहने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit