विद्युत अपडेट

  • प्राधिकरण : ७६५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८४०० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४७६ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : ९४६७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६३२ मे.वा.घन्टा
  • ऊर्जा माग : ४९१५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५३८ मे.वा.
२०८३ मङ्सिर १२, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल बैंकर्स संघले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो वित्त प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै वरिष्ठ बैंकर उपेन्द्र पौड्याललाई सम्मान गरेको छ । आज मंसिर ११ गते सम्पन्न संघको वार्षिकोत्सवको क्रममा उनलाई 'सम्मान गरिएको हो ।

सन् १९९० को दशकमा सुरु भएको उदारीकरणको प्रक्रियादेखि नै बैंकिङ क्षेत्रमा संलग्न रही पौड्यालले नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा यस्तो सम्मान गरिएको संघले जानकारी दिएको छ ।  परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक तथा प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनको अनुभव र दक्षता महत्त्वपूर्ण रहेको पनि उल्लेख गरिएको छ ।

पौड्यालले विगतमा नेपाल बैंकर्स संघको अध्यक्षको जिम्मेवारी सम्हाल्नुका साथै नबिल बैंकको अध्यक्ष, एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज–एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा काम गरिसकेका छन् ।

बैंकिङ क्षेत्रलाई परम्परागत वित्तीय कारोबारको दायराभन्दा माथि उठाउँदै मूल्यमा आधारित बैंकिङ (भ्यालु बेस्ड बैंकिङ), दिगो वित्त, जिम्मेवार लगानी, वित्तीय समावेशिता तथा वातावरणीय र सामाजिक उत्तरदायित्वलाई संस्थागत गर्न उनको अतुलनीय एवम् प्रेरणादायी योगदान रहेको जनाइएको छ । पौड्याल संघको नेतृत्वमा रहँदा बैंकिङ क्षेत्रको सामूहिक हित, संस्थागत एकता र नीतिगत सुधारका लागि विशेष भूमिका खेलेको समेत स्मरण गरिएको छ ।

बैंकिङ, प्रशासनिक, कूटनीतिक लगायत क्षेत्रमा विशेष एवम् उदाहरणीय योगदान दिने व्यक्तिलाई यो सम्मान गर्ने गरिएको छ । ९ वर्ष अघि आफू संघको अध्यक्ष हुँदा पौड्यालले नै यसरी विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने पद्धति बसालेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३