विद्युत अपडेट

  • प्राधिकरण : ७६५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८४०० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४७६ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : ९४६७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६३२ मे.वा.घन्टा
  • ऊर्जा माग : ४९१५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५३८ मे.वा.
२०८३ मङ्सिर १२, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले सन् २०२७ को मार्चदेखि मे महिनासम्मका लागि १५० मेगावाटसम्म चौबीसै घण्टा (राउन्ड द क्लक– आरटिसी) विद्युत् खरिद गर्न प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ । यसअन्तर्गत खरिद गरिएको विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनको ४०० केभी बसबारमा डेलिभरी गरिनेछ ।

प्राधिकरणका अनुसार नोभेम्बर २७ (मंसिर ११ गते) प्रकाशित गरिएको उक्त बोलपत्रअन्तगर्ग प्रस्ताव पेश गर्ने अन्तिम मिति तथा समय सन् २०२६ डिसेम्बर २८ को मध्याह्न १२:०० बजेसम्म तोकिएको छ । प्राविधिक बोलपत्र सोही दिन दिउँसो १:०० बजे काठमाडौँको दरबारमार्गस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा खोलिनेछ ।

बोलपत्र कागजातको शुल्क फिर्ता नहुने गरी १२ हजार ५०० भारु (वा सूचना पहिलो पटक प्रकाशित हुँदाको मितिमा नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको बिक्री दरअनुसार सो बराबरको नेपाली रुपैयाँ) तोकिएको छ र बोलपत्र पेस गर्दा न्यूनतम २५ मेगावाट तथा २५ मेगावाटकै गुणकमा प्रस्ताव गर्नुपर्नेछ । 

यस बोलपत्रमा भारतको केन्द्रीय विद्युत् नियामक आयोग (सिएआरसी) बाट श्रेणी–१, २ र ३ को वैध व्यापार अनुमतिपत्र प्राप्त ट्रेडर्स, जेनेरेटर्स, डिस्कम्स, रेगुलेटेड युटिलिटिज तथा ओपन एक्सेस कन्जुमर्स सहभागी हुन सक्नेछन् । बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को ई–जिपी प्रणाली मार्फत अङ्ग्रेजी भाषामा दुई छुट्टाछुट्टै खण्ड (प्राविधिक र वित्तीय) मा विद्युतीय माध्यमबाट पेस गर्नुपर्नेछ ।

साथै, बोलपत्रदाताले कोटा गरेको कुल क्षमताका आधारमा प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारु (वा सो बराबरको नेपाली रुपैयाँ) धरौटी रकम पेस गर्नुपर्नेछ भने छनोट हुने बोलपत्रदाताले विद्युत् खरिद सम्झौता (पिपिए) गर्नुअघि प्रतिमेगावाट प्रतिमहिना २ लाख ७५ हजार भारु बराबरको कार्यसम्पादन जमानत (सिपिजी) पेस गर्नुपर्नेछ ।

वित्तीय मूल्याङ्कनका क्रममा प्रतियुनिट ऊर्जा खरिद दर (भारु/केडब्लुएच) का आधारमा सबैभन्दा कम दर कबोल गर्नेलाई प्राथमिकता दिइनेछ र डेलिभरी प्वाइन्टमा प्रतियुनिट अधिकतम ७.३४ भारुभन्दा बढी दर प्रस्ताव गर्ने बोलपत्र अस्वीकृत गरिनेछ । बोलपत्र वित्तीय खण्ड खोलिएको मितिदेखि ९० दिनसम्म मान्य रहनेछ भने संयुक्त उपक्रम (जोइन्ट भेन्चर) वा कन्सोर्टियम मार्फत बोलपत्र पेस गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३