विद्युत अपडेट

  • प्राधिकरण : ७६५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८४०० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४७६ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : ९४६७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६३२ मे.वा.घन्टा
  • ऊर्जा माग : ४९१५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५३८ मे.वा.
२०८३ मङ्सिर १२, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीलाई उच्च व्यवस्थापकीय पदमा बढुवा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले सर्जुकुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा र निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव हासिल गरेका दुवै अधिकारी बैंकको स्थापनाकालदेखि नै आबद्ध भई विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै सेवा सुरु गरी माछापुच्छ्रे बैंकमा आबद्ध भई करिब १० वर्ष जिम्मेवारी पूरा गरेका थिए । माछापुच्छ्रेको सेवापछि उनी पछिल्लो दुई वर्षदेखि पुनः सानिमामा कार्यरत छन् ।

त्यस्तै, ढकाल पनि सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहेका छन् । लामो समयदेखि बैंकको संस्थागत विकास र बैंकिङ सेवामा संलग्न रहँदै आएका दुवै अधिकारीसँग २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव छ । दुवैको बढुवासँगै सानिमा बैंकको उच्च व्यवस्थापकीय नेतृत्व थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३