विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिकामा अघि बढाइएकाे ४३ मेगावाटको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्न करिब ६ अर्ब रुपैयाँ लागत लाग्ने भएको छ । नेपाल हाइड्रो भेन्चर प्रा.लि.ले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न उक्त लागत अनुमान गरिएको हो ।

आयोजनाका निर्माण गरी विद्युत् उत्पादन गर्न ५ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत १३ अर्ब २४ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ ।

कम्पनीले आयोजनाको इआइए प्रतिवेदन तयार गरी वातावरण मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयले प्रतिवेदन स्वीकृतको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

आयोजनाका मूख्य संरचनाहरूमा डाइभर्सन वेयर, ग्राभेल ट्र्याप, अप्राज नहर, डिस्यान्डिङ बेसिन, हेडरेस सुरुङ, सर्ज ट्याङ्क, पेनस्टक पाइप, विद्युत्‌गृह, टेलरेस नहर र प्रसारण लाइन रहने छन् ।

प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज २८.६६ घन मिटर प्रति सेकेण्ड रहेको छ । बाँध क्षेत्रको कुल जलाधार क्षेत्र ७६४.७ वर्ग किलोमिटर रहेको छ ।

जग्गा आवश्यक

आयोजनाको विभिन्न संरचनाहरू निर्माणका लागि कूल ८.९२९७ हेक्टर जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । जसमध्ये २.६७९६ हेक्टर जमिन आयोजना सञ्चालन अवधिभर प्रयोग गरिनेछ र ६.२५ हेक्टर जमिन आयोजना निर्माण अवधिभर प्रयाेग गरिनेछ ।

आयोजना सञ्चालन अवधिभर प्रयोग गरिनेमध्ये १.००९२ हेक्टर जग्गा कञ्चनजंगा संरक्षण क्षेत्र र १.६७०५ हेक्टर निजी जग्गाबाट प्रयोग हुनेछ । यसैगरी निर्माण अवधिभर प्रयोग हुने जग्गामध्ये ६.२५ हेक्टर जमिन कञ्चनजंगा संरक्षण क्षेत्रबाट र ५.७५ हेक्टर निजी जग्गा प्रयोग हुनेछ ।

वार्षिक ऊर्जा

आयोजना पूरा भएपछि वार्षिक २३६.७६ गिगावाट घण्टा उत्पादन हुनेछ । जसमा वर्षायाममा २०२.६४ गिगावाट घण्टा र सुख्खायाममा ३४.११ गिगावाट घण्टा बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको विवरण

आयोजनाको नामः तमोर खोला जलविद्युत् आयोजना

नदीको नामः तमोर नदी

प्रवर्द्धक कम्पनीः नेपाल हाइड्रो भेन्चर प्रा.लि

जडित क्षमताः ४३ मेगावाट

स्थानः कोसी प्रदेश, जिल्लाः ताप्लेजुङ

ग्रस हेडः १७६.५ मिटर

नेट हेडः १६५.५८ मिटर

वार्षिक ऊर्जाः २४२.०३९ गिगावाट घण्टा

जलाधार क्षेत्रः ७६४.७ वर्ग किलोमिटर

औषत बहावः ४०.६५ घनमिटर प्रति सेकेण्ड

अधिकतम बहावः ११७.८४ घनमिटर प्रति सेकेण्ड

सुरुङः १७९६.३५ मिटर

पेनस्टकः ९०६.५ मिटर

विद्युत् गृहः सतही

टर्वाइनः २ वटा

टवाईनको प्रकारः फ्रान्सिस्

क्षमता प्रति इकाईः २१.५ मेगावाट

प्रसारण लाइनः १३२ केभी सिंगल सर्किट

लम्बाईः ३० किलोमिटर

सबस्टेसनः ढुंगेसाँघु सबस्टेसन

निर्माण अवधिः ४ वर्ष

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit