विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एस के इनर्जी डेभलपमेन्ट प्रालिले प्रदेश नम्बर १ अन्तर्गत भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलामा निर्माण गर्न लागेको ७.२५ मेगावाटको श्याम खोला आंशिक जलाशययुक्त जलविद्युत आयोजनाले आगामी २०८१ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । निर्माण प्रक्रिया सुरु भएको आयोजनाको सबै काम पूरा गरेर साढे २ वर्षभित्र उत्पादन सुरु गर्ने भएको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । विभागले कम्पनीको नाममा उत्पादन अनुमति जारी गर्न ३५ दिने सुचना जारी गरेको छ ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्ने सक्ने असर र प्रभावबारे लिखित राय/सुझाव माग गरेको छ । सरोकारवालाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी वा विभागको कार्यालयमा प्राप्त हुने राय/सुझाव पठाउन आग्रह गरेको छ ।

आयोजनाको मुख्य संरचनाहरू बाँध, इन्टेक, एप्रोज क्यानल, ग्राभेल ट्रयाप, बालुवा थिग्राउने पोखरी, हेडरेस पाइप, पिकिङ जलाशय फोरवे ट्याङ्क, पेनस्टक पाइनको केही भाग श्याम खोलाको बायाँ किनारमा तथा पेनस्टक पाइपको केही भाग र विद्युतगृह श्याम खोलाको दायाँ किनारातर्फ पर्नेगरी डिजाइन तयारी गरिएको कम्पनीले जनाएको छ ।

आयोजनाको पिकिङ जलाशयबाट १४२० मिटर लामो हेडरेस पाइपमार्फत पानीलाई फोरवे ट्याङ्क हुँदै ४४५७ मिटर लामो पेनस्टेसन पाइपद्धारा विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा जडान भएको दुई वटा टवाईनमा पानी खसाली टवाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट २०८१ चैतभित्र उत्पादन सुरु हुनेछ । आयोजनाबाट वार्षिक सरदर ४२.४४८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको शीतलपाटी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३