विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ट्रान्सफर्मर निर्माता भारतीय कम्पनी किरण पावर रेक्टिफिकेसन सर्भिसेस (केपिआरएस) ले नेपालको ऊर्जा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लगेको छ । उत्पादन क्षमता विस्तार, आफूसँगको इन्जिनियरिङ उत्कृष्टताको उपयोग, उत्पादन विविधीकरणजस्ता कार्यमार्फत सेवा एवम् व्यवसाय फराकिलो बनाउँदै गएको हो ।

बिआइएस (ब्युरो अफ इन्डियन स्ट्यान्डर्स) प्रमाणपत्र प्राप्त तथा अन्तर्राष्ट्रिय गुणस्तर (आईएसओ) प्रमाणित कम्पनीले उच्च गुणस्तरको 'पावर र वितरण ट्रान्सफर्मर' उत्पादनमा विश्वासिलो छवि निर्माण गरेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका कम्पनी तथा नियकायको माग पूरा गर्न अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरयुक्त उपकरण उत्पादन विस्तार गर्ने रणनीति अपनाएको कम्पनीले जानकारी दिएको छ ।

खासगरी, भरपर्दो ग्रिड उपकरणको बढ्दो मागलाई सम्बोधन गर्न नेपालमा आफ्नो सेवा प्रवाहलाई विस्तार गरिरहेको पनि कम्पनीले जनाएको छ ।

भारतको बेंगलुरुस्थित ४० हजार वर्ग फिटको अत्याधुनिक प्लान्टबाट आफ्ना उत्पादन तयार पारी कम्पनीले नेपालमा आपूर्ति गर्दै आएको कम्पनीले उल्लेख गरेको छ । हाल २२० केभीसम्मका पावर ट्रान्सफर्मर उत्पादन गर्न आफ्नो उत्पादन क्षमता बढाइरहेको जनाएको छ ।

हाल उपलब्ध पूर्वाधारका आधारमा कम्पनीले ५० एमभिएसम्मका प्रसारण युनिटको डिजाइन, निर्माण र परीक्षण गर्नसक्ने क्षमता छ । यद्यपि, क्षमता विस्तार, ग्रिड आधुनिकीकरण र नयाँ स्रोतका विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न आवश्यक उच्च क्षमताका प्रसारण पूर्वाधारको माग पूरा गर्नसमेत कम्पनी अघि बढेको जानकारी गराएको छ ।

उच्च भोल्टेजस्तर (एक्स्ट्रा हाई भोल्टेज–इएचभी) प्रसारण उपकरणको डिजाइनमा विशेषज्ञता हासिल गरेको विशेष इन्जिनियरिङ टोली नै कम्पनीको विकास र विस्तारको मेरुदण्ड रहेको स्पष्ट पारेको छ । उन्नत आन्तरिक सफ्टवेयर, अनुकूल उपकरण तथा योजनामार्फत कम्पनीले प्रारम्भिक सोधपुछ र उत्पादन योजनादेखि सूची व्यवस्थापन र बिक्रीपछिको प्रभावकारी सेवा दिँदै आएको छ ।

ऊर्जा अभावको अवस्थाबाट हाल विद्युत् निर्यातकर्तामा रूपान्तरण भइरहेको सन्दर्भमा केपिआरएसले नेपालमा बजार विस्तार तीव्र पारेको छ ।

दुर्गम उच्च–पहाडी क्षेत्रका जलविद्युत् केन्द्रहरूबाट देशका मुख्य सहरी क्षेत्रमा विद्युत् प्रवाह गर्न उच्च क्षमताका (२२० केभीमाथिका) ट्रान्सफर्मरहरू अत्यावश्यक छन् । यसका लागि कम्पनीले नेपालमा एक समर्पित (डेडिकेटेड) व्यावसायिक निकाय तथा स्थानीय उपस्थिति बढाएर प्रसारण पूर्वाधार मर्मतमा लाग्ने समय (लिड टाइम) घटाउने लक्ष्य राखेको छ । यसले सरकारको 'ऊर्जा विकास मार्गचित्र – २०८१' का लक्ष्य पूरा गर्न सहयोग गर्ने कम्पनीको अपेक्षा छ ।

कम्पनीले उत्पादनलाई विविधिकरण गर्दै २५०० केभीएसम्मका वितरण ट्रान्सफर्मर र विशेष प्रकारका 'ड्राई-टाइप' वा 'फर्नेस' युनिटसमेत समावेश गरेको छ । यसले नेपालका सिमेन्ट र स्टिलजस्ता औद्योगिक उत्पादनमा सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ । कम्पनीले वार्षिक २० प्रतिशतको स्थिर वृद्धि दर हासिल गरेको दाबी गरेको छ ।

सीप विकास एवम् सहयोगी बिक्रेताको भूमिकामा प्रतिबद्ध रहेको केपिआरएसले नेपालको ऊर्जा भविष्यको विकसित माग पूरा गर्न तयार देखिएको छ । दक्षिण एसियामा ग्रिड स्तरोन्नति कार्य तीव्र भइरहँदा नेपालमा समेत प्रसारण पूर्वाधार बलियो बनाउन लागि परेको कम्पनीले उल्लेख गरेको छ । आफ्नो प्राविधिक कौशललाई समायोजन गरी उपकरण उत्पादन तथा आपूर्ति सेवा विस्तार गरिरहेको कम्पानीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३