विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सेयर आवेदन अवधि थप भएको छ । रामेछापमा निर्माण सम्पन्न ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाको प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयर आवेदन अवधि थप गरेको हो ।

प्रभावित स्थानीयका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको सेयरमा माग अनुसार दरखास्त प्राप्त नभएकोले एक साता सयमअवधि थप गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीयले अव आगामी २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सय रुपैयाँमा अंकित ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि सेयर निष्कासन गरिएको छ ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीले  पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । स्थानीयले लक्ष्मी बैंकको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले रामेछापको लिखु नदीमा निर्माण गरेको लिखु–४ आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ । आयोजनाले अहिले व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना ९ अर्ब ५४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit