विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

किस्पाङ (नुवाकाेट) । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा सञ्चालन गरिरहेको २२०/१३२/३३ केभी त्रिशूली ३बी हब सबस्टेसन बाढी तथा नदी कटानको थप जोखिममा परेको छ । माथिल्लो क्षेत्रमा भएको वर्षासँगै त्रिशूली नदीमा आएको बाढी पूर्वाधार क्षेत्रमा प्रवेश गरेपछि सबस्टेसनको सुरक्षाका लागि निर्माण गरिएको ‘सेर वाल’ समेत ढल्किएर कटानको जोखिम बढेको हो । 

गत असार २४ गते बिहान ल्हेन्दे नदीबाट भोटेकोसी हुँदै त्रिशूलीमा आएको तीव्र बहाबको बाढीले नदीको धार परिवर्तन गरी त्रिशूली–३ ‘बी’ हब सबस्टेसनका पूर्वाधार रहेको जमिन कटान गर्दा १३२ केभीका २ वटा 'बे' लगायतका संरचनामा क्षति पुर्‍याएको थियो । पहिले कटान गरेको सोही स्थानमा सोमबार बिहान ४ बजेदेखि पुनः बाढी पसेको सबस्टेसनका इन्जिनियर लक्ष्मण घिमिरेले ऊर्जा खबरलाई जानकारी दिए । बाढीले सबस्टेसनको सुरक्षाका लागि निर्माण गरिएको ‘सेर वाला’ समेत ढल्काई त्यसलाई बीचमा पारेर तीव्र बहाबका साथ बगिरहेको छ ।  

‘३ साताअघि आएको बाढीले कटान गरेको ठाउँमा हामीले न्यूनतम ३ देखि अधिकतम ५ तहसम्मको ग्याबिन वाल लगाउँदै थियौँ,’ उनले भने, ‘अहिले फेरि त्यहाँ तीव्र बेगको बाढी पसेर थप कटान र संरचनामा क्षतिको जोखिम बढाएको छ ।’ माथिल्लाे क्षेत्रमा अझ ठूलाे वर्षा र तिब्बती क्षेत्रमा असार २४ गतेको जस्तै हिमताल बिस्फोट भई बाढी आए अझ ठूलो कटानको जोखिम हुने उनले बताए । 

उनका अनुसार असार २४ गतेको बाढीले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् केन्द्रको बिजुली जोड्न निर्माण गरिएको २ वटा ‘बे’ मा क्षति पुर्‍याउनुका साथै १३२/३३ केभीको स्वीचयार्ड क्षेत्रमा १३० मिटर लम्बाइको कटान गरेको थियो । त्यस्तै, २२० केभीको स्विचयार्ड क्षेत्रमा ३० मिटर कटान गरेको थियो । बिजुली जोड्न बनाएको ‘बे’ र बाँध संरचनामा पुगेको क्षतिका कारण हालसम्म ६० मेगावाटको माथिल्लो त्रिशुली–३ ‘ए’ को विद्युत् उत्पादन सुचारु हुन सकेको छैन । 

३३० मेगावाट उत्पादन ठप्प हुने जाेखिम

बाढी तथा कटानका कारण सबस्टेसन पूर्ण रूपमा क्षति भए त्रिशुली करिडोरका जलविद्युत् केन्द्रको करिब ३ सय ३० मेगावाट विद्युत् उत्पादन ठप्प हुने जोखिम छ । यस सबस्टेसनमा विद्युत् जोडेका १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको साञ्जेन खोला (साला–सुङ्गी प्रालि), ५७.३ मेगावाटको साञ्जेन, ६० मेगावाटको त्रिशूली, १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला, ५ मेगावाटको तादी खोला र ४.९९ मेगावाटको तल्लो तादी गरी ३३०.५९ मेगावाटका ७ जलविद्युत् केन्द्रको उत्पादन बन्द गर्नुपर्ने अवस्था आउने जोखिम देखिएको छ । 

चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजना अन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंँसीमा रहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसन २०८१ जेठ ४ गते उद्घाटन गरिएको थियो ।

यो पनि : ७ जलविद्युत् केन्द्र र एक सबस्टेसनमा क्षति, झण्डै २५० मेगावाट विद्युत् उत्पादन ठप्प

तस्बिरहरू : लक्ष्मण वियाेगी

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३