विद्युत अपडेट

  • प्राधिकरण : ८८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १६९७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४८६७३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०१५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४४८६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३०६ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
वित्तीय व्यवस्थापन

काठमाडौँ । दोलखा र रामेछापको सीमामा निर्माणाधीन ९ मेगावाटको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबि बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक वण्डर्स इनर्जी प्रालि र बैंकबीच मंगलबार उक्त वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतापत्रमा एनएमबि बैंकका दिगो बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् । 

सम्झाैता अनुसार करिब १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकले १२४ करोड रुपैयाँ ऋण लगानी गर्ने छ । बाँकी लगानीमध्ये स्वपुँजीबापत ३५ करोड रुपैयाँ सुनिश्चित भइसकेको र बाँकी ३० करोड रुपैयाँ चालु असोजभित्र जुटाउने तयारी भइरहेको कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिएका छन् ।

उनका अनुसार दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ मा निर्माणाधीन यो आयोजना २०८४ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको स्वीकृति मन्त्रिपरिषद्‌बाट प्राप्त भइसकेको छ । 

आयोजनाका लागि निजी जग्गा खरिद, पहुँचमार्ग, गोदाम, आवासलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल निर्माण ठेक्का सम्झौता सम्पन्न भई हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुन लागेको यो आयोजना नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनामध्ये उन्नत ‘हाइड्रो–सेलेक्ट टुल्स’ प्रयोग गरी सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने पहिलो आयोजना बन्ने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३