विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोसी बाढीका त्रिशूली नदी कोरिडोरका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा कामदारहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ । प्राधिकरणका अनुसार आवश्यक सामग्री, उपकरण र उद्धार जनशक्तिसहित काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ थप हेलिकप्टर पठाइएको छ ।

सुरक्षा निकायहरूसँगको समन्वय र आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै टोली परिचालन गरिएको प्राधिकरणका कामु कार्यकारी प्रमुख दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए । उद्धार टोलीले विशेष गरी नुवाकोट र रसुवाका जलविद्युत् आयोजनामा फसेका जनशक्ति तथा शान्ति बजार क्षेत्रका कर्मचारीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको उनले बताए ।

उनका अनुसार प्राधिकरणले प्रभावित आयोजनामा कार्यरत कर्मचारीको सुरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राखेको छ । परिस्थिति अनुसार उद्धार तथा राहत कार्य जारी रहने बताउँदै उनले यो कठिन परिस्थितिमा धैर्य कायम राख्न र आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३