विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १३, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भाेटेकाेसी नदीमा आएकाे विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ए (६० मेगावाट) जलविद्युत् केन्द्रको भूमिगत विद्युत्‌गृह तथा बाँध क्षेत्रमा फसेका कर्मचारीहरूको उद्धारका लागि पुरिएको केबल सुरुङकाे मुख खाेल्ने कार्य तीव्र बनाइएकाे छ । नेपाली सेना तथा दक्ष जनशक्तिको सहभागितामा आवश्यक उत्खनन उपकरण प्रयोग गरी उद्धार कार्य अघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार विद्युत्‌गृहभित्र प्रवेश गर्ने केबल सुरुङको मुख पुरिएपछि कर्मचारीहरूको उद्धारमा जटिलता थपिएको छ । उक्त प्रवेशमार्ग खोल्न नेपाली सेना र प्राविधिक जनशक्तिले कठिन भौगोलिक अवस्थामा निरन्तर काम गरिरहेको छ । आयोजना स्थलको अवस्था तथा भौगोलिक जटिलताका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ ।

स्थानीय प्रशासनले शुक्रबार हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा डोजर पुर्‍याएर उद्धार तथा उत्खनन कार्य तीव्र बनाइएकाे जनाएकाे छ । यद्यपि, उद्धार कार्यमा आवश्यक उपकरण हवाईमार्गबाट पुर्‍याउने निर्णय ढिलो भएको भन्दै सम्पर्कविहीन कर्मचारीका परिवारजन तथा आफन्तले गृह प्रशासनसमक्ष प्रश्न गरिरहेका छन् । 

यसैबिच, गृह मन्त्री सुदन गुरुङसमेत आयोजनास्थल पुगेकाे खबर आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३