विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । टाइम्स इनर्जी प्रालिले ३४१ मेगावाटको बुढीगण्डकी आंशिक जलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखाको चुम नुब्री र धार्चे गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । अहिले निर्माण अघि बढाउन उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागको आयोजनाको उत्पादन अनुमति कम्पनीको नाममा जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

विभागले कम्पनीको नाममा अनुमति जारी गर्नका लागि आयोजना प्रभावित स्थानीय, सरोकारवाला निकायहरू राय÷सुझाव माग गरेको छ । विभागले आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस अनुरोध गरेको छ ।

प्रस्तावित आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको आयोजना हो । यसको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । आयोजनाको दैनिक ५ घन्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ । यसको डिजान बहाज १००.२७ घनमिटर प्रति सेकेण्ड र कुल हेड ३९८ मिटर रहनेछ ।

बुढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायापट्टि निर्माण हुने  इन्टेकबाट पानीलाई फर्काइ आयोजनाको मुख्य  संरचनाहरूः सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै विद्युतगृहमा पुर्याउनेगरी डिजानइ तयार भएको छ । भूमिगत विद्युतगृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्वाइनमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारणलाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit