विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको ऊर्जा, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको १०औं संस्करण ‘निक इलेक्ट्रो टेक २०२२’ यही  मंसीर २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएकोे छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघले ऊर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक ऊर्जा खपतको अभिवृद्धि एवम् आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि ‘निक इलेक्ट्रो टेक २०२२’ आयोजना गर्ने तयारी गरेको हो ।

महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आह्वान गर्दै प्रदर्शनीकालागि स्टल बुकिङ खुल्ला गरेको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामाग्रीहरू, ऊर्जा उत्पादक यन्त्रहरू, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामाग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू प्रर्दशनीमा राख्नेछन् ।

यस्तै, एलिडी लाइटिङ फिक्चर्स ट्यूब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविद्यि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविधि, विद्युतीय सवारी साधन तथा वैकल्पिक उर्जा कम्पनीहरू सहभागी हुन सक्नेछन् कम्पनीले जनाएको छ ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एन्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ । प्रदर्शनीका संयोजक तथा महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौड्यालका अनुसार स्टल बुकिङ गर्न इच्छुक कम्पनीहरूले महासंघमा सम्पर्क गर्नुपर्ने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit