images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २२० केभी खुर्कोट सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसनसम्मको ९० किलोमिटर लामाे प्रसारण लाइन चार्ज गरेको छ । प्राधिकरणले कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत निर्माण भएको कुश्मा–नयाँ बुटवल खण्डकाे लाइन चार्ज गरेको हो ।

कुश्मा–नयाँ बुटवल खण्डअन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ स्थित खुर्कोट सबस्टेसनदेखि बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी जिल्लाको सनुवल नगरपालिकास्थित नयाँ बुटवल सबस्टेसनसम्मको डबल सर्किट लाइन चार्ज गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यो खण्ड असोज १० गतेदेखि चार्ज गरेको हो ।

यो कोरिडोर लाइन कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित हुने विद्युत् प्रवाह गर्नका लागि निर्माण गरिएको हो । यो कोरिडोर पूरा भएपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएको जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न सजिलो हुनेछ ।

यो लाइन दुई खण्डमा निर्माण भएको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर लामो लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण भएको छ ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा  निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit