विद्युत अपडेट

  • प्राधिकरण : ८८१६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८८९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४९९४२ मे.वा.घन्टा
  • आयात : ३३ मे.वा.घन्टा
  • निर्यात : १९७४७ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ७२६८० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३१०८ मे.वा.
२०८३ असोज १३, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
‘लिटमस पावर पार्टनर्स मिट २०२६’

काठमाडौँ । लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाली बजारमा दुई नयाँ कन्डक्टर प्रविधि सार्वजनिक गरेको छ । ऊर्जा क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले काठमाडौँमा आयोजित ‘लिटमस पावर पार्टनर्स मिट २०२६’ का अवसरमा कम्पनीले ती दुई उत्पादन सार्वजनिक गरेको हो । 

कार्यक्रममा कम्पनीले आफ्ना नियमित उत्पादनहरूको विस्तृत शृङ्खला प्रस्तुत गर्दै ती नयाँ उत्पादन समेत सार्वजनिक गरेको हाे । कम्पनीले उच्च तापक्रम न्यून लचक (एचटिएलएस) कन्डक्टर र एल्युमिनियम ५९ (एएल-५९) मिश्रित धातु कन्डक्टर नेपाली बजारमा सार्वजनिक गरेको हो । 

उक्त नयाँ तथा उत्कृष्ट कन्डक्टर प्रविधिको सुरुवातले कम्पनीको उत्पादन संङ्‌ख्या तथा गुणस्तर विस्तार हुनुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा विकसित हुँदै गएका आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।  

‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, विद्यमान चुनौती तथा उदाउँदा अवसरहरूबारे व्यापक छलफल भएको छ । कार्यक्रममा सहकार्य, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणका विषयहरूलाई प्राथमिकताका साथ उठाइएको थियो ।

कार्यक्रममा लिटमस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले ऊर्जा क्षेत्रका विभिन्न पक्षहरूबिच बलियो साझेदारी निर्माणको महत्त्वमा जोड दिएका थिए । उनले नेपालको ऊर्जा क्षेत्र निरन्तर विकसित भइरहेको अवस्थामा भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणका लागि उत्पादक, आयोजना विकासकर्ता, इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) कम्पनी, परामर्शदाता तथा अन्य उद्योग सरोकारवालाबिचको सहकार्य अपरिहार्य रहेको बताए ।   

कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी), परामर्श क्षेत्रका प्रतिनिधिहरूका साथै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) लगायतका संस्थाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, नवीनता र ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृङ्खलामा अझ बलियो सहकार्यको आवश्यकताबारे विचार आदानप्रदान गरेका थिए । 

रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापना भएको लिटमस इन्डस्ट्रिज नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको प्रमुख कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३