विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मिलेनियम च्यालेञ्च एकाउन्ट, नेपाल (एमसिए–नेपाल) ले विद्युत प्रसारण लाइन निर्माण सुरु गर्न ठेक्का आह्वान गरेको छ । अमेरिकी वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट प्राप्त हुने अनुदान र सरकारको लगानीमा ३१५ किलोमिटर लाइन निर्माण अघि बढाउन ठेक्का आह्वान गरेको हो ।

एमसीसीले सोमबार लाइन निर्माणका लागि ठेक्का निकालेर परियोजनाको काम तीन लटमा अघि बढाउन लागेको हो । पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा (११७ किलोमिटर),  दोस्रो लटमा रातमाटे–न्यु दमौली (९० किलोमिटर)  र तेस्रो लटमा न्यु दमौली–न्यु बुटवल र न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किलोमिटर) गरी तीन लटमा कुल ३१५ किलोमिटर लाइन निर्माण गर्न ठेक्का आह्वान गरेको एमसीसीले जनाएको छ ।

उत्तर पूर्वी काठमाडौंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटे हुँदै मकवानपुरको हेटौंडासम्म (लफ्सीफेदी–रातमाटे–न्यू हेटौंडा) प्रसारण लाइनको पहिलो लट निर्माण हुनेछ । रातमाटेदेखि तनहुँको दमौलीसम्म (रातमाटे–दमौली) दोस्रो लटमा निर्माण हुनेछन् ।

दमौलीदेखि बुटवलसम्म (दमौली–बुटवल) र बुटवलदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरसम्म (बुटवल–गोरखपुर) अन्तरदेशीय प्रसारण लाइन तेस्रो लटमा निर्माण हुनेछ । प्रसारण लाइनको एउटा खण्ड नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म पुग्नेछ ।

इच्छुक कम्पनीले २७ मार्च (२०७९ चैत १३ गते) सम्म आवेदन दिन सक्नेछन् । यो ठेक्का पाउने कम्पनीले डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ गर्नु पर्नेछ । आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन भने एमसीसी–नेपालले उपलब्ध गराउनेछ ।

लाइन निर्माणको काम ठेक्का सम्झौता भएको ५ वर्षमा पूरा गर्नुपर्नेछ । सन् २०२३ को अगष्ट (२०८० भदौ) बाट निर्माण सुरु गर्ने कार्यतालिका रहेको परियोजनाका सबै काम २०२८ अगष्ट (२०८५ भदौ) भित्र सम्पन्न गर्नुपर्नेछ ।

प्रस्तावित आयोजनामा कुल ८५६ वटा टावर निर्माण हुनेछन् । टावर निर्माणका क्रममा २ लाख १२ हजार रुखहरू काट्नुपर्छ । सरकारी र निजी गरी ८०० रोपनी जग्गा चाहिने अनुमान गरिएको छ । अहिले रुख कटानको स्वीकृति र अधिग्रहणको प्रक्रिया अघि बढेको छ ।

काठमाडौं–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–मकवानपुर–चितवन–तनहुँ– पाल्पा–नवलपुर–परासी हुँदै जाने यो लाइनमा ३००० मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit