विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बर्दघाट नगरपालिकाले सडक बत्तीकाे करिब ५६ लाख रूपैयाँ महसुल बुझाएकाे छ । नगरपालिकाले लामो समयदेखि वेवारिसे रहेका सडक बत्तीहरूकाे महसुल नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रलाइ बुझाएकाे हाे ।

नगरपालीकाबाट सडक बत्तीकाे ५५ लाख ८९ हजार ८ सय २६ रुपैयाँ बक्यौता असुल गरेको केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार सम्बन्धित वडा कार्यालयलाई सडक बत्ती व्यवस्थापन गर्ने जिम्मेवारी समेत प्रदान गरिएको छ ।

अागामी दिनमा वडा कार्यालयले आफ्नो वडा भित्रको सडक बत्तीको महसुल नियमित रुपमा भुक्तानी हुने प्रवन्ध मिलाउने केन्द्रले जानकारी दिएको छ । रकम भुक्तान नभई पेनाल्टी तिर्नुपर्ने भएमा जिम्मेवार पदाधिकारीको सेवा सुविधाबाट कट्टा गरिनेछ ।

एक महिना भित्रमा वडा कार्यालयले आफ्ना वडा भित्रका सडक बत्तिहरू सम्बन्धित  सडक बत्ती उपभोक्ता समिति गठन गरी हस्तान्तण गरिसक्नु पर्नेछ । सडक बत्ति उपभोक्ता गठन गर्न नसकिने स्थानहरूको रेकर्ड राखी वडाले आफै महसुल तिर्ने प्रवन्ध मिलाउनु पर्नेछ ।

उपभोक्ता समितिको नाममा सडक बत्ती हस्तान्तरण भएपश्चात सम्बन्धित उपभोक्ता समितिलाई निश्चित रकम उज्यालो नगरपालिका कार्यक्रम अर्न्तगत सहुलियत उपलब्ध गराउने पनि केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit