images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनामा खटाउन प्राविधिक माग गरिएको छ । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनामा खटाउन ११ प्राविधिकको माग गरेको हो । 

१ जना लेखापाल, ४ जना टेक्निसियन, ३ जना सिभिल टेक्निसियन र ३ जना टनेल टेक्निसियनको माग गरेको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार लेखापालका लागि सम्बन्धित विषयमा बिबिए उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा ४ वर्ष कार्यअनुभव भएको हुनु पर्नेछ । 

प्राविधिक, सिभिल टेक्निसियन र टनेल टेक्निसियनका लागि सम्बन्धीत क्षेत्रमा ४/४ वर्ष कार्यअनुभव भएको हुनेपर्ने कम्पनीले जनाएको छ । 

इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदकले आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्याको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । 

हालसम्मा आयोजनाको काम ९७ प्रतिशत पूरा भइसकेको छ । आगामी दुई महिनाभित्र १०२ मेगावाटको विद्युत  प्रणालीमा थपिने  गरी आयोजनाको काम तीव्र रुपमा काम भइरहेको छ । 

आयोजनाको सिभिल, बाँध, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल सबै क्षेत्रको काम एकसाथ भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको लट १ अन्तर्गतका सिभिल तथा हाइड्रो मेकानिकल कार्यहरूमा बाँध क्षेत्रको ९८ प्रतिशत काम पूरा भएको छ । यस्तै, सुरुङको काम सकिएको छ भने विद्युतगृहको ९९ प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ ।

लट २ अन्तर्गतका प्रमुख उपकरणहरू जेनेरेटर, ट्रान्सफर्मर, टर्वाइनको जडान कार्य भइरहेको छ । आयोजनाको विद्युत प्रवाह हुने लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । यो लट समग्र प्रगति ८५ प्रतिशत भएको छ । आयोजनाको सबै काम पूरा गरेर २०८० साउनभित्र व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit