विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित काउलेमा विद्युतीकरण विस्तार गर्न निर्माण गरिएको ११ केभी गजुर–काउले वितरण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पर्याउनका लागि धादिङको गजुरेदेखि निर्माण गरेको लाइन सञ्चालनमा आएको हो ।

मंगलबार (चैत १५ गते) तल्लो काउलेमा जडान भएको ट्रान्सफर्मरमा बत्ती बालेर उद्घाटन गरिएको छ । प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजिव सिंह र धादिङ वितरण केन्द्र प्रमुख माधव न्याउपाने र पालिका अध्यक्ष गीता  कुमारी गुरुङले  स्वीच थिचेर सेवा सुरु गरेका छन् ।

धादिङको सीमा जोडिएको दुर्गम गाउँमा पहिलो पटक विद्युतीकरण गरिएको सिंहले बताए । उनका अनुसार समुन्द्री सतहबाट १४ सय मिटरको उचाइमा रहेको गाउँमा विद्युतीकरण गरिएको हो ।

‘धादिङसँग सीमा जोडिएको भए पनि यो गाउँमा अहिलेसम्म विद्युत पुग्न सकेको थिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीले विद्युतीकरण गरेपछि स्थानीय हर्षित भएका छन् ।’ भोली (बुधबार) देखि विद्युत मिटर वितरण गरिनेछ ।

यो गाउँमा विद्युतीकरण विस्तार भएपछि करिब २ सय घरधुरीले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पाउने सिंहले जानकारी दिए । गाउँमा विद्युत पुर्याउन करिब १५ किलोमिटर लामो ११ केभी लाइन निर्माण गरिएको छ ।

गाउँमा विद्युतीकरण विस्तार गरेपछि भरतपुरबाट रेखदेख गर्न दुरीका हिसाबले टाढा पर्ने हुँदा धादिङ वितरण केन्द्रले गर्ने पनि सिंहले बताए । समस्या आएमा भरतपुरबाट प्राविधिक टोली पठाएर मर्मत सम्भार गर्न समय लाग्ने देखिन्छ । यही कारण यस क्षेत्रको जिम्मेवारी धादिङ वितरण केन्द्रले लिनेछ ।

गाउँपालिकाकै चेपाङ बस्तीमा सामुदायिक विद्युतीकरणबाट विद्युत सेवा विस्तार गर्न जनमुखी कस्ट्रक्सन प्रालीले ठेक्का पाएको छ । ठेकेदारले काम नगर्दा चेपाङ बस्ती अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको पनि सिंहले बताए । मर्स्याङदी सामुदायिक संस्था अन्तर्गत विद्युतीकरण गर्न ठेक्का पाएको सुर्दशन बिष्टले विगत ४ वर्षदेखि काम नगरेको संस्थाका प्रबन्धक कुमार श्रेष्ठले बताए ।

बस्तीमा विद्युत सेवा पुर्याउन २०७४/७५ मा नै ठेक्का सम्झौता भएको थियो । करिब ६ करोड ६६ लाखमा विद्युतीकरण विस्तार गर्ने गरी सम्झौता भएको विभागले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit