विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको मादी खोलामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमालयन हाइड्रो पावर लिमिटेड कम्पनीले बैशाख २५ गतेदेखि ९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याइएको उक्त परिमाणको सेयर निष्कासन हुन लागेको हो ।

१ सय रुपैयाँ अंकित ८.२२ प्रतिशतले हुन आउने ९ कारोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १ साविक पाँच गाविसका सम्पूर्ण वडाहरू, वडा नं. २ नामार्जुन गाविसका सम्पूर्ण वडाहरु, वडा नं. ३ र ४ का थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरू र वडा नं. ६ र ७ का सिन्दुजुरे गाविसका सम्पूर्ण वडाबासीका लागि सेयेर निष्कासन गरिनेछ ।

कम्पनीको सेयर खरिदका लागि स्थानीयले छिटोमा जेठ ८ गतेसम्म र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई ब्रिकी प्रबन्धक तोकिएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याएको सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit