विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले साेलुखुम्बुकाे साेलु खाेलामा निर्माण भएकाे २३.५ मेगावाटकाे साेलु खाेला जलविद्युत आयोजनाको ३३ कराेड ७० लाख ५० हजार रुपैयाँ मूल्यकाे साधारण सेयर निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बाेर्डबाट अनुमति मिलेपछि प्रतिकित्ता सय रुपैयाँ अंकित सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँड गरिने कम्पनीले जनाएकाे छ ।

निष्कासन हुने सेयरमध्ये १३ करोड ५० लाख मूल्यको १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । बाँकी १९ लाख ५७ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

पहिलो चरणमा स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।  कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेको आयोजना नर्माण सम्पन्न भइ सञ्चालनमा छ । आयोजना १ वर्ष अघि राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे हाे । १३२ केभी साेलु काेरिडाेर प्रसारण लाइन पूरा नहुँदा आयोजना पूर्ण क्षमतामा चल्न सकेकाे छैन ।

अहिले याे आयोजना ३३ केभी ओखलढुंगा–बुईपा–सल्लेरी प्रसारण लाइनमा वैकल्पिक रुपमा प्रवाह गरिएकाे छ । साेलु काेरिडाेर सञ्चालनमा आएपछि याे आयोजनाकाे विद्युत यही प्रसारण लाइनमा प्रवाह गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit