विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ मा १८ हजार ४ सय हेक्टर जमिन सिँचाइ सेवा विस्तार गर्ने घोषणा गरेको छ । संसदको दुवै सदनमा आगामी आव को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

कृषी उत्पादनका लागि  दिगो र भरपर्दो सिँचाइ सेवा उपलब्ध गराउन ठूला जलाशय पथान्तरण गर्ने बशुउद्देश्यीय आयोजना निर्माणलाई जोड दिने बताएका छन् । वर्षैभरी भरपर्दो सिँचाइ उपलब्ध, सतह, भुमिगत र नयाँ सिँचाई प्रणाली विकास गरिनेछ ।

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मुल नहरको नियमीत मर्मत गरी सञ्चालनलाई निरन्तरता दिन्, पूर्वी नहर तर्फ ३७ किलोमिटर सञ्चालनमा ल्याई ५३ किलोमिटरसम्मको निर्माण सुरुवात गर्न ८० करोड रुपैयाँ विनयोजन भएको छ ।

धम्की मुल नगरको शाखा, प्रशाखा नहरबाट थप १५०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्ता गरिनेछ । सरकारले यसका लागि २ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ ।

बबई सिचाइको पश्चिम मुल तथा शाखा नहरको विस्तार गरी थप १००० हेक्टर जमिनमा सिँचाइ सेवा पुर्याउन ६३ करोड बजेट विनियोजन गरेको छ । महाकाली सिँचाइ आयोजना तिव्र गतिमा अघि बढाइनेछ । कञ्चनपुर जिल्लाको २९०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन, शाखा नहर निर्माण गर्न १ अर्ब १७ करोड बजेट विनियोजन भएको छ ।

मध्य तराईको १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सेवा उपलब्ध गराउ निर्माण भइरहेको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ सम्पन्न गरिनेछ । आयाजनाको बाँध क्षेत्रको काम अघि बढाउन ४ अर्ब १७ करोड बजेट छुट्याइएको छ ।

भेरी बबई डाइभर्सन आयोजनाको बाँध र विद्युतगृहको निर्माण कार्य शिघ्र सम्पन्न गरी बर्दिया र बाँके जिल्लाको २१ हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउन १ अर्ब ७४ करोट रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

भूमिगत जलस्रोतको उपयोग गरी सर्लाही तथा रौतहट जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सेवा पुर्याउनका लागि नविन यान्त्रिक सिँचाई आयोजना थालनी गरिनेछ ।

दाङ जिल्लाको देउखुरीमा प्रगथनाथ तथा बड्का सिँचाइको मुल नहर विस्तारको कार्यलाई निरन्तरता दिइनेछ । बृहत दाङ उपत्यका सिँचाई आयोजनाको सिँचाइ प्रणालीबाट करिब ३००० हेक्टर जमिनमा र पोखरी तथा डिप ड्युवेलबाट थप ६०० हेक्टर जमिनमा सिँचाइ सेवा उपलब्ध गराइनेछ ।

कर्णाली प्रदेशका सबै जिल्लामा सिँचाइ सेवा उपलब्ध गराउन एकिकृत कर्णाली सिँचाइ विकास आयोजना सञ्चालन गरिनेछ । सुनसरी मोरङ, चन्द्रनगरलगायतका ठूला सिचाई प्रणालीलाई पूर्ण क्षमतामा सञ्चालनका लागि रकम विनियोजन गरिएको पनि महतले बताए ।
जोखिमयुक्त नदीको व्यवस्थापन तथा नियन्त्रण गर्न एक अर्ब ६५ करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit