images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र विद्युत जडित क्षमता ३६०० मेगावाट पुर्याइने घोषणा गरेको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आज संसदको दुवै सदनमा आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

आगामी आवमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन तथा निजी क्षेत्रबाट उत्पादित विद्युत समेत गरी उक्त परिमाण पुर्याइने घोषणा गरिएको छ । आगामी आवभित्र देशका सबै क्षेत्रमा विद्युतीकरण गर्न सोलार, लघुजलविद्युत, वायु लगायत नवीकरण ऊर्जाको विकास गरिने घोषणा गरिएको छ ।

आयातित ऊर्जालाई प्रतिस्थापन गरी प्रतिव्यक्ति विद्युत खपत ४५० किलोघन्टा पुर्याइने बजेटमा उल्लेख छ । यस्तै, आगामी आवमा ९०० मेगावाट विद्युत थप हुने प्रक्षेपण गरिएको छ । सरकारले ऊर्जा क्षेत्रमा विनियोजन गरेको बजेट चालू आवको भन्दा २१ अर्ब रुपैयाँले कम हो ।

अर्थ मन्त्री महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको छ । चालू आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ र जलस्रोत तथा सिचाइतर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनयोजन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit