विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभर महसुल तिरेर विद्युत उपयोग गर्ने ग्राहक ५० लाख नजिक पुगेका छन् । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणअनुसार यो संख्या १०.९७ प्रतिशत बढेर ५० लाख नजिक पुगेका हुन् ।

२०७७ फागुनसम्मको तथ्यांकअनुसार राष्ट्रिय प्रसारण प्रणालीको विद्युत उपयोग गर्ने ग्राहक ४९ लाख ९३ हजार पुगेको मन्त्रालयको सर्वेक्षण रिर्पोटमा उल्लेख छ । गत वर्ष यो संख्या ४५ लाख थियो । मन्त्रालयले सार्वजनिक गरेको विद्युतका ग्राहकको यो संख्यामा सामुदायिक संस्थाहरूले वितरण गरेको विद्युत सेवा उपयोग गर्ने ग्राहक समावेश छैनन् ।

महसुल तिरेर विद्युत सेवा लिने ४५ प्रतिशत घरायसी ग्राहक छन् । उनीहरूले बत्ती बाल्न तथा घरायसी विद्युतीय उपकरण चलाउनका लागि विद्युत उपयोग गर्दै आएका छन् । 

औद्योगिकतर्फ महसुल तिरेर विद्युत उपयोग गर्ने ग्राहक ३७ प्रतिशत रहेको सर्वेक्षण रिर्पोटमा उल्लेख छ । यो वर्गका ग्राहकले उद्योग धन्दा, कलकारखाना सञ्चालनमा लागि विद्युत उपयोग गर्दै आएका छन् । व्यापारिक क्षेत्रका ७ प्रतिशत ग्राहकले विद्युत सेवा उपयोग गरिरहेका छन् । अन्य क्षेत्रका ग्राहक ११ प्रतिशत छन् ।

यसैगरी, गत फागुनसम्म राष्ट्रिय प्रसारण प्रणालीमा जडित कूल विद्युत क्षमता १४ सय ५८ मेगावाट पुगेको छ । यो जडित क्षमता २०७७ असारको तुलनामा ४.१ प्रतिशत बढी भएको रिर्पोटमा जनाइएको छ । 

गत वर्षको असारसम्मको कूल जडित क्षमता १४ सय १ मेगावाट थियो । वृद्धि भएको जडित क्षमतामध्ये १२ सय ९९ मेगावाट जलविद्युतगृहबाट उत्पादन भएको हो । नेपाल विद्युत प्राधिकरणका जलविद्युतगृहले उत्पादन गरेको ६ सय ४५ मेगावाट तथा निजी क्षेत्रले उत्पादन गरेको ७ सय ४२ मेगावाट विद्युत  प्रणालीमा जोडिएको छ ।

३०.१४ मेगावाट सौर्य विद्युत आयोजनाले उत्पादन गरेका हुन् । ५३.४ मेगावाट विद्युत प्राधिकरणका २ थर्मल प्लान्टको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा बनेका लघु तथा साना आयोजनाले उत्पादन गरेको ७२ मेगावाट र चिनी उद्योगले उत्पादन गरेको ३ मेगावाट विद्युत प्रणालीमा रहेको मन्त्रालयको सर्वेक्षण रिर्पोटमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit