images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतीय कम्पनी आर्गो इभी स्मार्ट प्रालिले ३ वर्षको अवधिमा २५० बढी चार्जिङ स्टेसन निर्माण गरेको छ । कम्पनीले दिल्ली–आग्रा–जयपुरलगायतका रुटमा यी चार्जिङ स्टेसन निर्माण गरेको हो ।

‘इभी नेपाल एक्स्पो’ मा प्रर्दशनीमा रहेको कम्पनीले विगत ३ वर्षभित्र अढाई सय भन्दा बढी स्टेसन निर्माण सम्पन्न गरेको प्रालिका बिजनेस हेड दिप कुमार जसावतले बताए । चार्जिङ इन्फास्ट्रक्चर निर्माण गर्नुका साथै ई–मोबिलिटीलाई समेत प्रवर्द्धन गर्ने नीति अनुरुप आर्गो ईभी स्मार्टले एक सहर देखि अर्को सहर सम्म ‘इलेक्ट्रिक ड्राइभ’ को समेत आयोजना गर्दै आएको छ ।

कम्पनीले विभिन्न क्षमताका एसी र डीसी दुवै प्रकारको चार्जर उपलब्ध गराइरहेको छ । यी चार्जर सीई र अन्य विभिन्न अन्तर्राष्ट्रिय गुणस्तरबाट प्रमाणीत छन् । यी चार्जरमार्फत वाईफाई, सिम, आरएफआईडी आदि प्रविधिको प्रयोग गर्न सकिन्छ ।

करिव १ लाख भारु देखि प्रारम्भ हुने चार्जर १ करोड सम्मको मूल्यमा उपलब्ध छन् । कम्पनीले नेपाली बजारमा समेत चार्जिङ पार्टनरसिप खोजिरहेको छ । चार्जिङका लागि आवश्यक पूर्वाधार निर्माण देखि अन्य सबै सहयोग कम्पनीले उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit