images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको मादी खोलामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमालयन हाइड्रो पावर कम्पनीले साढे १९ लाख कित्ता साधारण सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि छुट्याएको साधारण सेयर बिक्री खुल्ला गरेको हो ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुट्याएको सेयर निष्कासन गरी बिक्री हुन बाँकी रहेको ६ लाख १९ हजार २५० कित्ता सहित १९ लाख ६८ हजार  २ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

निष्कासन भएको सेयरमध्ये ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामुहिक लगानी कोषहरूका लागि, २ प्रतिशत अर्थात ३९ हजार ३ सय ६५ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी, १८ लाख ३० हजार ४ सय ७२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर खरिदका लागि सर्वसाधरणले छिटोमा असार १९ गतेसम्म र ढिलोमा असार २९ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । पहिलो चरणको आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर बाँडफाँड गरिसकेर दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit