विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्राहकले नियमित विद्युत महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रको बाँकी बक्यौता १६ करोड रुपैयाँ पुगेको छ । वर्षौंदेखि ग्राहकले विद्युत महसुल नतिर्दा वितरण केन्द्रको बक्यौता बढ्दै गएको हो ।

उठ्न बाँकी बक्यौता धेरै भएपछि वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गर्न सुरु गरेको छ । वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नतिरेर धेरै विद्युत बक्यौता बाँकी रहेका ग्राहकको लाइन धमाधम काटिरहेको हो ।

विद्युत बक्यौता बढ्दै गएपछि लाइन काटेर जरिवानासहित असुल्ने अभियानलाई तीव्र पारेको वितरण केन्द्र प्रमुख अमोदकुमार यादवले बताए । उनका अनुसार केही ग्राहकको झण्डै ५ वर्षदेखिको विद्युत बक्यौता बाँकी देखिएको छ ।

‘वर्षौसम्म पनि महसुल नतिर्ने ग्राहक पनि भेटिएका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘राजविराज नगरपालिकाले नै लामो समयदेखि महसुल नतिरहेको भेटियो । नगरपालिकाले २१ लाख रुपैयाँ तिर्न बाँकी रहेछ । हामीले गत मंगलबार लाइन काटेका थियौं । चाँडै तिर्ने सर्तमा बिहीबार लाइन जोडिदिएका छौं ।’

उनले नगरपालिकामा अत्यावश्यक काममा लागि विद्युत सेवा पनि अत्यावश्यक हुने भएकाले बाँकी बक्यौता छिट्टै तिर्ने सर्तमा लाइन जोडिदिएको उनले बताए । नगरपालिकामा ५ वटा विद्युत मिटर जडान भएका छन् । वितरण केन्द्रले पटक–पटक ताकेता तथा पत्राचारी गरी विद्युत बक्यौता तिर्न आग्रह गर्दा पनि बेवास्ता गरेपछि नगरपालिकाको लाइन काटिएको थियो ।

नगरपालिकाले अबको २ साताभित्र विद्युतको सबै बक्यौता बुझाउने प्रतिबद्धता जनाएको छ । विद्युत बक्यौता नतिर्ने अरु ग्राहक घरायसी तथा व्यापारिक ग्राहक छन् । 

यी श्रेणीका ग्राहकबाट पनि लामो समयदेखिको विद्युत बक्यौता जरिवानासहित असुल्ने कार्य भइरहेको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्र अन्तर्गत विद्युत प्राधिकरणको विद्युत सेवा लिने ५५ हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit