विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेरामा बस्नेले पनि छुट्टै विद्युत मिटर लिन पाउने बताएका छन् । आइतबार (भदौ १२ गते) ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयाेजना गरिएको पत्रकार सम्मलेनमा कोठामा बस्नेसहित अपार्टमेन्ट तथा कोलनीमा बस्नेले छुट्टै मिटर लिएर ग्राहक बन्न सक्ने व्यवस्था भएको बताएका हुन् ।

यसबाट शहरी क्षेत्रमा बस्ने लाखौँ जनता लाभान्वित हुने घिसिङले बताए । उनका अनुसार अहिले घरधनीले कोठामा बस्नेसँग चर्को भाडा असुल्ने गरेको गुनासो सर्वत्र छ । तोकिएको न्यूनतम महसुल भन्दा बढी महसुल लिँदा कोठामा बस्नेहरूले विद्युतीय सामाग्री प्रयोगबाट व्यवधान भोगिरहेका छन् ।

गत आर्थिक वर्ष २०७७।७८ मा विद्युतीकरण ५० प्रतिशतले बढेको बताउँदै घिसिङले विद्युतीकरण र विद्युत खपत बढाउन भाडामा बस्नेले पनि मिटर पाउने व्यवस्था गरेको बताए । प्राधिकरणले गुणस्तर र विश्वसनिय विद्युत सेवा विस्तार गर्न कदम चालिसकेको पनि घिसिङले बताए ।

विद्युत वितरण विनीयमावली २०६९ लाई संशोधन गरी ग्राहकमैत्री विद्युत वितरण बिनियमावली बनाइएको मन्त्रालयले जनाएको छ । अब, ग्राहकले मागेको समयमा सहजै विद्युत पाउने व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार १०० केभिएसम्म विद्युत सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit