काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार गत आर्थिक वर्ष (आव २०८१/८२) सम्मको खुद मुनाफाबाट उक्त बोनस र नगद लाभांश वितरण गर्ने भएको हो ।
उक्त प्रस्तावित लाभांश नियमकारी निकाय विद्युत् नियमन आयोगको स्वीकृति तथा आव २०८१/८२ को लागि बस्ने कम्पनीको आगामी चौथो वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात सेयरधनीलाई वितरण गरिने जानकारी दिएको छ ।
कम्पनीको हालको चुक्ता पुँजी ७४.८४ करोड रुपैयाँ रहेको छ । गत आवको नाफाबाट १५ प्रतिशतले हुन आउने बोनस रकम ११ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरकाे बाेनस सेयर वितरण गर्ने भएकाे हो । त्यस्तै ०.७८९ प्रतिशतले हुन आउने ५९ लाख ८ हजार ४२१ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो ।
कम्पनीले सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।