विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १४, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

मुस्ताङ । बाढीपहिरो र नदी कटानका कारण विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि मुस्ताङमा शनिबार रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको डिमुवाबाट मुस्ताङतर्फ आउने ३३ केभी प्रसारण लाइनका खम्बामा क्षति पुगेपछि जिल्लाभर विद्युत् आपूर्ति ठप्प भएको हो ।

निरन्तरको वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले म्याग्दी र पर्वत खण्डमा विद्युत्का संरचनामा क्षति पुर्‍याएपछि म्याग्दीको दाना सबस्टेसनसमेत चार्ज हुन नसकेको हो । दाना सबस्टेसन चार्ज हुन नसक्दा मुस्ताङतर्फको विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको हो ।

विद्युत् सेवा बन्द भएपछि मुस्ताङसँगै म्याग्दीको उत्तरी क्षेत्रको अवस्थाबारे आवश्यक सूचना आदानप्रदान गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको मर्मतपछि आइतबार म्याग्दीको बेनीसम्म भने विद्युत् प्रसारण सेवा सञ्चालनमा ल्याइएको छ ।

मुस्ताङतर्फको ३३ केभी प्रसारण लाइन र दाना सबस्टेसनमा पुगेको क्षतिको अवस्था अध्ययन गर्न जोमसोमबाट प्राविधिक टोली परिचालन गरिएको छ । टोलीले प्रसारण संरचनाको अवस्थाबारे स्थलगत अध्ययन गरी मर्मतको काम अघि बढाउने तयारी गरेको छ ।

यसैगरी, मुस्ताङको थासाङ गाउँपालिका–३ का विभिन्न स्थानमा रुख ढल्दा विद्युत्का खम्बामा समेत क्षति पुगेको छ । मौसम केही खुलेपछि उक्त क्षेत्रमा प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ । अवरुद्ध विद्युत् सेवा सोमबार साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित टोलीलाई कार्यस्थलमा खटाइएको छ ।

बाढीपहिरो र नदी कटानबाट विद्युत् संरचनासँगै फाइबर इन्टरनेटको प्रसारण लाइनमा समेत क्षति पुगेको छ । त्यसका कारण मुस्ताङमा पछिल्लो करिब ३६ घण्टादेखि इन्टरनेट सेवासमेत पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३