विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा पहिचान भएकाे ५२ मेगावाटको माथिल्लो लाप्चे खोला जलविद्युत् आयोजनाको परामर्शदातामा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।  प्रवर्द्धक इनर्जी भेन्चर प्रालिले पहिचान गरी निर्माण प्रक्रिया अघि बढाएको आयोजनाको लागि परामर्शदाता नियुक्त गरिएको हो ।

आयोजनाको ठेक्का व्यवस्थापन, निर्माण कार्यको सुपरभिजन, आयोजनाको विस्तृत अध्ययन, रिभ्यु, अन्तिम रुप दिने, आवश्यक कागजात तयार गर्नेलगायतका लागि हाइड्रो कन्सल्टलाई परामर्शदाता नियुक्त गरेको कम्पनीले जनाएको छ । यसका लागि शुक्रबार (असोज १२ गते) परामर्शदाता र प्रवर्द्धक कम्पनीबीच सम्झौता भएको छ ।

हाइड्रो कन्सल्टले जलविद्युत तथा पूर्वाधार आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनमा इन्जिनियरिङ सेवा दिँदै आएको छ । हाइड्रो कन्सल्टले अहिले एक दर्जन जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्झौताका लागि कागजात तयारीको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit