विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन ७.२७ मेगावाटको याम्ब्लिङ खोला जलविद्युत आयोजनाको ६० प्रतिशत निर्माण पूरा भएको छ । याम्ब्लिङ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेकाे आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।

२०७७ बैशाखदेखि निर्माण सुरु भएको आयोजनाको डेढ वर्षमा भाैतिक प्रगति ६० प्रतिशत भएकाे कम्पनीका अध्यक्ष सुशन कर्माचार्यले बताइन् । उनका अनुसार आयोजनाको सबै क्षेत्रको काम एकसाथ अघि बढेको छ ।

‘आयोजनाको बाँध क्षेत्रको काम पूरा भएको छ,’ उनले ऊर्जा खबरसँग भनिन्, ‘सर्जट्याङको काम भइरहेको छ, । ६ सय मिटर पेनस्टक पाइप पनि बिछ्याएर सकिएको छ ।’ आयोेजनामा २ हजार ७ सय मिटर पेनस्टक पाइप रहने गरी डिजाइन गरिएकाे छ ।

विद्युतगृहको सिभिल संरचनाको काम पूरा भएको छ । विद्युतगृहमा उपकरण जडानको तयारी भइरहेको उनले जानकारी दिइन् । आयोजनाको अब उपकरण जडानलगायतका जटिल काम बाकी रहेकोले सम्पन्न गर्न डेढ वर्ष लाग्ने पनि कर्माचार्यले बताइन् ।

आयोजनाको सबै काम पूरा गरेर २०८० बैशाखभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजना पूरा भएपछि उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

आयोजना पूरा गर्न १ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी छ । आयोजनामा लुम्बिनी डेभलपमेन्ट बैंकको अगुवाईमा साग्रीला डेभलपमेन्ट बैंकले ७० प्रतिशत लगानी गरेको छ । कम्पनीले विद्युत विकास विभागबाट २०७३ असोज ९ गते उत्पादन अनुमति लिई आयोजना अघि बढाएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३