विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बझाङ जिल्लाको सुनीगाड खोलामा अघि बढेकाे १४ मेगावाटको माथिल्लो सुनीगाड जलविद्युत् आयोजनाको काम ५ वर्षमा सम्पन्न हुने भएको छ । ओमेगा इनर्जी डेभलपर प्राइभेट लिमिटेडले आयोजनाकाे निर्माण  २०८५ बैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखेको हो ।

जिल्लाको सुर्मा गाउँपालिका र तलकोट गाउँपालिका भएर बग्ने सुनी खोलाको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्नसक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सूझाव दिन माग गरेको हो ।

पिकिङ रन अफ रिभर प्रकारको आयोजनाको डिजाइन बहाव ५.५० घनमिटर प्रति सेकेन्ड र कुल हेड मिटर रहने अध्ययनले देखाएको छ । आयोजनाको मूख्य संरचनाहरू सुनीगाड खोलाको दायाँ किनारमा पर्दछन् ।

खोलामा बाँध बाधी खोलाको दायँपट्टि निर्माण हुने इन्टेकबाट पानी फकाई पानीलाई मूख्य संरचनाहरू हुँदै विद्युत्‌गृहमा लगिनेछ र तत्पश्चात टेलरेस क्यानल मार्फत पानीलाई सुनीगाड खोलामा पठाइनेछ । ३० मिटर लम्बाई १५.० मिटर चौडाई भइका् विद्युत्‌गृहमा २ वटा पेल्टन टर्वाइनहरूमा पानी खसाली सो टवाईनसँग जोडिएको २ वटा ७४५० केभीएको ३ फेज जेनेरेटर मार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट वार्षिक सरदर ७८.९१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

उत्पादित विद्युत्‌लाई ३३ केभी डबल सर्किट प्रसारण लाइन मार्फत २० किलोमिटर लामो दुरीमा रहेको ४०० केभीए क्षमताको बझाङचैनपुर सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit